सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रियसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारित

२०८१ जेठ २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : राष्ट्रियसभाबाट ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सर्वसम्मतले पारित भएको छ ।

सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विधेयक प्रस्तुत गर्नुभएको थियो । त्यसअघि प्रस्तुत विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस विषयमा समितिमा पर्याप्त छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो,“यो विधेयकमा जनताको दैनिक काराबोर खासगरी धितोसम्बन्धी व्यवस्था छ । उत्पादनमूलक व्यवसाय माछापोखरी, फलफूल बगान, पशु फार्म आदिमा धितोको व्यवस्था हुनेछ । यो संशोधनपछि थप व्यावहारिक र समयसापेक्ष हुन्छ ।”

विधेयकमाथिको छलफलमा सांसदद्वय देवेन्द्र दाहाल र कमला पन्तले भाग लिइ आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचाँै वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक आगामी असार ४ मङ्गलबार १ः१५ बजे बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा दश कवि पुरस्कृत

राष्ट्रियसभा बैठक: ‘राष्ट्रिय परिचयपत्र अनिवार्य गराउँदा नागरिकलाई सास्ती’

चुरे संरक्षणका लागि विशेष कार्यक्रम ल्याउन सांसद प्रदीप पौडेलको माग

घण्टा घरको घडी मर्मत गर्न सांसद शाहको सरकारलाई ध्यानाकर्षण

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे…

प्रदेशसभाद्वारा विनियोजन विधेयक बहुमतले पारित

प्रतिपक्षी दलको विरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

बागमती प्रदेशसभा बैठक अवरुद्ध, अर्काे बैठक भोलि बस्ने

सांसदहरुले सोधेको प्रश्नमा प्रधानमन्त्रीले दिए जवाफ (पूर्णपाठसहित)

बागमती प्रदेशसभाः आजदेखि बजेटमा छलफल