सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

स्वास्थ्य बीमाका सेवाग्राहीले असार मसान्तभित्र नविकरण गरिसक्नुपर्ने

२०८१ जेठ २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्वास्थ्य बीमा बोर्डका सेवाग्राहीले यही असार मसान्तभित्र नविकरण गर्नुपर्ने भएको छ।

स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ। बोर्डले सोमबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने जनाएको हो।

नवीकरणका लागि आ-आफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ। विसं २०८१ साउन १ गते देखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ मङ्सिर १ देखि क्रियाशील हुने सूचनामा उल्लेख छ।prabhu

बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार आजसम्म बीमित जनसङ्ख्या ८० लाख ७९ हजार सात सय ८२ जना छन् । हालसम्म ५० लाख ३८ हजार आठ सय ४० जनाले नवीकरण गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जंगली च्याउ खाँदा एक जनाको मृत्यु, ४ जना बिरामी

खाना खाने बित्तिकै चिया पिउँदा के हुन्छ ?

बच्चाका पेटमा किरा पर्दा देखिने संकेत

आजदेखि ‘औषधिजन्य जडीबुटी मेला’

बिष बनाएर बेचिँदै फलको राजा आँप

जिपिएस जडानपछि प्रभावकारी बन्दै एम्बुलेन्स सेवा

कर्मचारीको विवरण खोज्दै स्वास्थ्य मन्त्रालय

योग दिवस मूल समारोह समितिद्वारा विशेष कार्यक्रम आयोजना

दिल्ली क्षेत्रमा गर्मीका कारण १९ जनाको मृत्यु

बलिवुड गायिका अल्का कसरी कान नसुन्ने भइन् ?

साउदीमा गर्मीका कारण मृत्यु हुने हज यात्रीको संख्या नौं सय नाघ्यो

दहीमा भुटेको जिरा राखेर खाँदा हुने फाइदा