सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

योग धर्म होइन, विज्ञान हो

२०७७ असार २२, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: योगगुरुमा रामदेवले मञ्चमा एक मुस्लिम बालकलाई आमन्त्रण गरेका थिए ।

विश्व अन्तराष्ट्रिय योग दिवसका सन्दर्भमा रामदेवसँगै उक्त बालकले एकसाथ योग गरेका थिए । सोही मन्चमा रहेका आचार्य बालकृष्ण भन्दै थिए, ‘योग कुनै धर्म होइन, विज्ञान हो ।’

महर्षि पतञ्जलिले सत्यसम्म, स्वयंसम्म, मोक्षसम्म वा पूर्ण स्वस्थको अवस्थासम्म पुग्नका लागि ८ खुड्किलोको प्रतिपादन गरे । यस ८ खुड्किलो अर्थात् ८ अं ग हो, १. यम । २. नियम । ३. आसन । ४. प्राणायाम । ५. प्रत्याहार । ६. धारणा । ७. ध्यान । ८. समाधि । यी ८ अं गको आ-आफ्नै उपअ ङ्ग पनि छन् । वर्तमान योगमा ३ अं ग प्रचलित छन्–आसन, प्राणयाम र ध्यान । योग भन्नासाथ धेरैले यसलाई धर्मसँग जोडेर व्याख्या गर्छन् ।

योग शब्दको दुई महत्वपूर्ण अर्थ छन्। पहिलो जोड र दोस्रो समाधि । जब हामी स्वयंसँग जोडिँदैनौं, समाधिसम्म पुग्न कठिन हुन्छ। यस संसारमा दुई मार्ग छन् । एक सांसारिक चक्रभित्रै रहेर श्रेष्ठतम जीवन बिताउने, दोस्रो सन्यासी बनेर मोक्ष प्राप्त गर्ने । योगले यी दुवै मार्गको मार्गदर्शन गर्ने गर्छ।

योग धर्म वा विश्वास होइन– योगलाई धेरैले धर्मको रुपमा बुझ्छन् । योग दर्शन वा धर्म होइन । योग अन्धविश्वास वा ढोंग त हुँदै होइन । ओशो भन्छन्, ‘योग एक विज्ञान हो । प्रायोगिक विज्ञान हो ।’ योग खासमा जीवन जिउने कला हो । योग पूर्ण चिकित्सा पद्धती हो । जसरी बाहिरी विज्ञानको दुनियामा आइस्टाइनको नाम सर्वोपरी छ, त्यसैगरी भित्री विज्ञानको दुनियामा सर्वोपरी छन् पतन्जली । जसरी पर्वतमा हिमालय श्रेष्ठ छन्, उसैगरी समस्त दर्शन, विधी, नीति, नियम, धर्म र व्यवस्थामा योग श्रेष्ठ छ ।

कर्ममा कुशलता प्राप्त गर्ने आधार हो योग
तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् ।

अर्थात् कर्ममा कुशलता तर्फ अग्रसर हुनु नै योग हो । सुकर्म, अकर्म र विकर्म यी तीन किसिमको कर्मबारे योगसूत्र र गीतामा समेत विवेचना गरिएको छ । कर्ममा कुशालता प्राप्त गर्ने तीन चरण छन् । कर्मलाई बुझ्नु र राम्रो कर्मको अभ्यास गर्नु । यी दुवै कुशलतापूर्वक गरिएका कर्मबाट प्राप्त भएको सफलता हो।

कोही मान्छे विगतलाई हेरेर पछुतो मानिसरहेको हुन्छन्, भविष्यलाई सम्झेर चिन्तित भइरहेको हुन्छन् । योगले भन्छ, ‘वर्तमानमा बाँच्नुपर्छ । वर्तमानमा बाँच्नाले सजगताको जन्म हुन्छ । यही सजगताले हाम्रो सोचलाई सही दिशा प्रदान गर्छ । यसैले हामीलाई सही कर्मका लागि प्रेरित गर्छ । कर्ममा कुशलता प्राप्तिका लागि योगबाट यमको सत्य, नियमको तप र स्वाध्यायको अध्ययन गर्नुपर्छ। योगले भन्छ शरीर र मनलाई दबाउनु हुँदैन बरु यसलाई रुपान्तरण गर्नुपर्छ। यसको रुपान्तरणबाट नै जीवनमा परिवर्तन आउँछ। एजेन्सिको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

हरिबोधनी एकादशीमा तुलसी विवाह, चतुर्मास सकिएसँगै शुभकार्य सुरु

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

आजको राशिफल : १२ राशिमध्ये कसलाई मिल्दैछ भाग्यको साथ, कसलाई रहनुपर्ला सावधान ?

आज कुष्माण्ड नवमी

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

आज बुधबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

आज मंगलबार, गणेशको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल