सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टी-२० विश्वकप: आजराती इङल्याण्ड र ओमान खेल्दै

२०८१ जेठ ३१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जारी टी-२० विश्वकप अन्तर्गत आज राति समुह बी अन्तर्गत इङल्याण्ड र ओमानबीच खेल हुदै छ । एन्टीगाको सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल आज राति १२; ४५ बजेदेखि शुरु हुदै छ ।

जारी विश्वकपमा इङल्याण्डले राम्रो शुरुवात गर्न सकेको छैन । पहिलो खेल स्कटल्याण्डविरुद्ध बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको इङल्याण्डले दोस्रो खेलमा अस्ट्रेलियासँग हार बेहोरेको थियो । इङल्याण्डको अहिले २ खेलमा एक अंक रहेको छ । त्यस्तै ओमानको भने यस विश्वकपमा यो अन्तिम खेल हो । यस अघि लगातार तीन खेलमा हार बेहोरेको ओमान समुह चरणबाटै बाहिरिएको छ ।

इङल्याण्ड र ओमानबीच अन्तर्राष्ट्रिय क्रिकेटमा हुन लागेको यो पहिलो खेल हो । इङल्याण्डले सुपर आठमा आफ्नो स्थान सुरक्षित गर्न यो खेल ठुलो अन्तरले जित्नुपर्ने अवस्था रहेको छ । समुह बी बाट अस्ट्रेलिया लगातार तीन खेल जितेर सुपर आठमा पुगेको छ भने स्कटल्याण्डले ३ खेलमा २ जित र एक खेल बर्षाले रद्ध भएपछि ५ अंक हासिल गरेको छ ।

अब स्कटल्याण्ड अन्तिम खेलमा अस्ट्रेलियासँग खेल्दै छ । यस अवस्थामा इङल्याण्डले यो खेल तथा नामिबियासँगको खेल फराकिलो अन्तरले जितेमा तथा अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेमा इङल्याण्डको सुपर आठको बाटो खुल्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

महिला एशिया कप: आज नेपालले पाकिस्तानको सामना गर्दै

काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

पाकिस्तानी बोर्डले बाबरसहित तीन खेलाडीलाई फ्रेन्चाईजी क्रिकेट खेल्न रोक्यो

फिल्म निर्माणमा ‘सक्किगोनि’ टिम, ‘लाज शरणम्’ को घोषणा

नेपालले आज युएईसँग खेल्दै

काभा यु-२० महिला भलिबल: नेपाल श्रीलंकासँग पराजित

भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप

ग्रीनवूड मार्सेलीमा अनुबन्ध

मेसी र स्वरेज बिना इन्टर मियामी विजयी

भदौमा महिला लिग खेलाउने तयारी गर्दै एन्फा

नेपालसहित ६ देशले जिते आइसीसी डेभलपमेन्ट अवार्ड

रियल म्याड्रिडका ८० हजारभन्दा बढी फ्यानले गरे एम्बाप्पेको स्वागत