सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यकः उपसभापति खड्का

२०८१ जेठ ३१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस दैलेखको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका तीनै तहका जनप्रतिनिधि पार्टी र आफूलाई चुनाव जिताउने आम कार्यकर्ता र मतदाताप्रति उत्तरदायी नहुँदा समस्या आएको धारणा समेत राख्नुभयो उहाँको सचिवालयले जनाएको छ ।

“पार्टी विधानमै निर्वाचित जनप्रतिनिधि र सोही तहका पार्टी प्रतिनिधिबीच महिनामा एक पटक बैठक बस्ने र पार्टी र जनताको निर्देशन अनुसार जनप्रतिनिधि प्रस्तुत हुने भन्नेछ”, उहाँले भन्नुभयो ।

उहाँले प्रतिकुल अवस्थामा कांग्रेसलाई बचाएर राखेका पार्टी कार्यकर्तालाई सुध्रिन जरुरी रहेको बताउनुभयो । उहाँले अहिले मुलुकमा अप्ठ्यारो परिस्थिति सृजना भएको भन्दै उक्त परिस्थितिबाट देशलाई निकास दिन कांग्रेस अगाडि बढ्न आवश्यक रहेको  धारणा राख्नुभयो ।

उपसभापति खड्काले पार्टीको महासमिति बैठकमा प्रस्तुत दस्तावेजहरूमा महासमिति सदस्यहरूले दिएका सुझावलाई दस्तावेजीकरण गर्ने तयारी भइरहेको बताउँदै चाँडै बस्ने केन्द्रीय समिति बैठकले पारित गर्ने बताए । “उपसभापति, महामन्त्रीलगायतले महासमिति बैठकमा प्रस्तुत गरेका दस्तावेजमा आएका सुझावलाई समेटेर अब बस्ने केन्द्रीय समिति बैठकले पारित गर्छ”, उपसभापति खड्काले भन्नुभयो, “त्यसपछि अहिले देखिएको पार्टीको नीति, विधि, परराष्ट्र नीति, आर्थिक नीतिलगायत मुलुकको समसामयिक राजनीति विषयमा पार्टीको नीति स्पष्ट हुन्छ ।”

उपसभापति खड्काले कांग्रेस मिसन–२०८४ तर्फ केन्द्रित नरहेको समेत उल्लेख गर्नुभयो । उहाँले कांग्रेस अहिले मिसन–२०८१ मै रहेको बताउनुभयो । “देशको समृद्धि र विकास कांग्रेसको मूल मिसन हो, त्यहीँ भएर २०८१, २०८२ र २०८३ मा देश विकासका लागि के गर्ने, पार्टीलाई आम जनतासम्म कसरी पु¥याउने भन्नेमा हामी छौँ”, उहाँले भन्नुभयो, “यति गरेपछि २०८४ मा कांग्रेस एक्लै चुनाव लडेर तीनै तहमा बहुमत ल्याउँछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रचण्डको अस्थिर प्रवृत्तिका कारण कांग्रेस-एमाले गठबन्धन : गगन थापा

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई एकीकृत समाजवादीको ह्विप

रास्वपा संसदीय दलको बैठक बस्दै

मुख्यमन्त्री जम्कट्टेल आज विश्वासको मत लिँदै

राप्रपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिदै

कांग्रेस संसदीय दलको बैठक बस्दै

आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै कांग्रेस

काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित

लुम्बिनीका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने