सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेता छान्ने महाधिवेशन प्रतिनिधिको अधिकार खोसियो

२०८१ जेठ ३२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टी नेपाल (जसपा)को एकता महाधिवेशन केन्द्रीय कमिटीको चयन नगर्दै बिहीबार सम्पन्न भएको छ । अध्यक्षमा उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन् । पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता भएर उम्मेदवारहरू प्रतिनिधिसँग मत माग्दै थिए । बिहीबार मतदान हुने कार्यतालिका थियो । तर, मतदान नगरी पदाधिकारी र केन्द्रीय सदस्य यादवले चयन गर्ने भन्दै सम्पन्न भएको छ ।

केन्द्रीय कमिटी चयन नगर्दै महाधिवेशन सम्पन्न

मधेस प्रदेशको राजधानी जनकपुरधाममा महाधिवेशन भइरहेको थियो । पार्टीको विधानअनुसार महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ सहित २ सय १ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य चयन गर्नुपर्ने हो । तर, उम्मेदवार बनेका नेताहरूको आन्तरिक सहमतिमै अध्यक्षले चयन गर्ने भन्दै जिम्मेवारी दिइएको छ ।

महाधिवेशनमा मुलुकभरबाट १ हजार १ सय ३५ प्रतिनिधि सहभागी थिए । उनीहरूको आप्mनो नेता आफैं चयन गर्ने अधिकार खोसिएको छ । अध्यक्षमा अरू कसैको उम्मेदवारी नपरेकाले सर्वसम्मत अध्यक्ष भएका यादवले केन्द्रीय कमिटीको टुंगो लगाउनेछन् ।

जसपा नेपालका नेता मनीष सुमनले उम्मेदवार भएका नेताहरूकै सहमतिमा यस्तो निर्णय भएको बताए । महासचिव पदमा उम्मेदवारी दिएका सुमनले भने, ‘यो हामी उम्मेदवारहरूको सहमतिमै भएको निर्णय हो, निर्वाचन गर्दा मनमुटाव बढ्ने, पार्टीलाई बलियो बनाउनुपर्ने भएकाले केन्द्रीय कमिटी चयनको जिम्मेवारी अध्यक्षजीलाई दिइएको हो, सबैको भावना र चाहना बुझेर उहाँले दुई–तीन दिनभित्रमा टुंगो लगाउनुहुन्छ ।’

बुधबार १९ पदाधिकारीका लागि ७५ जनाको उम्मेदवारी दर्ता भएको थियो । सहअध्यक्ष पदका लागि लालबाबु राउत, रकम चेम्जोङ र राजकिशोर यादवले उम्मेदवारी दिएका थिए । यस्तै, पाँच उपाध्यक्षका लागि १७ पुरुष र ६ महिला गरी २३ जनाको उम्मेदवारी परेको छ । पुरुषतर्फ मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, आङदेन्डी शेर्पा, विद्युत बज्राचार्य, अर्जुन थापा, गोविन्द चौधरी, शिवलाल थापामगर, सरोजकुमार यादव, मोहम्मद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्रप्रसाद कुर्मी, रामवचन अहिर यादव, मानध्वज बलोन, अमरेशनारायण झा, राजन केसी र सुमनकुमार चौधरी उम्मेदवार थिए ।

महिलातर्फ रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापाले उम्मेदवारी दिएका थिए । दुई जना महासचिवका लागि बोमबहादुर दर्लामी मगर (आदिवासी), रामकुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनीषकुमार सुमन र अशोककुमार यादवको उम्मेदवारी परेको थियो ।

सहमहासचिवमा खुलातर्फ शैलेन्द्रप्रसाद साह, डा. सुरेन्द्रकुमार यादव, रामबाबुप्रसाद यादव, रामकिशोरप्रसाद यादव, राजकुमार राय, योगेन्द्रराय यादव, सुरेशकुमार मण्डल, डा. जयप्रकाश राय यादव र जयराम यादव तथा महिलातर्फ सीताकुमारी यादव, विनिताकुमारी यादव र निर्मला यादवले उम्मेदवारी दिएका थिए । कोषाध्यक्षमा रेणुकुमारी यादव, बलराम महतो र सञ्जयकुमार यादवको उम्मेदवारी परेको थियो । यस्तै, सचिवमा ३४ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नयाँ रणनीतिसाथ बस र यात्रु खोजिँदै

आन्दोलन चर्किएपछि ८ सय नेपाली विद्यार्थीले छाडे बंगलादेश

ओलीको पक्षमा दुई तिहाइ निश्चित

उच्च अदालतको कार्यसम्पादन वृद्धि

एक वर्षमा थपियो ३ खर्ब ५८ अर्ब २ करोड ऋण

सत्तासमीकरणको मर्मविपरीत पाण्डे सरकार

राजस्व र अनुदान संकलनमा सरकार असफल

केपी ओली सरकारः प्रधानमन्त्री दुई वर्षमा, मन्त्री एक वर्षमा फेरिने

बाढीपहिरो न्यूनीकरणका उपाय

पिआर लिएको आरोपमा उच्चपदस्थ छानबिनमा

दुई तिहाइको कसरतमा प्रधानमन्त्री ओली

बागमतीमा एमालेलाई चुनौती, मन्त्रालय घटाउने कि नेता रिझाउने