काठमाण्डौः चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादी दुवैको साक्षीको बकपत्र शुरु गरेको छ ।
दुरुत्साहन मुद्दाका आरोपित रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीका साक्षीसँगै घटनापछि शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिकसँग पनि बकपत्र गरिने अदालतले जनाएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार हालसम्म २० साक्षीको पत्र अदालतमा पठाइएकोमा न्यायाधीश हेमन्त रावलको इजलासमा बकपत्र भइरहेको छ । मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था रहेको छ ।
