सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतीयलाई नागरिकता दिलाउने प्रशासकीय अधिकृत पुर्पक्षका लागि कारागार चलान

२०७७ असार २३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार चलान गर्ने निर्णय गरेको हो । उनलाई झापा कारागारमा राखिएको छ । झापा जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत पदमा रहँदा आचार्यले विसं २०७२ मङ्सिर १० गते भारतीय नागरिक मुस्तफा आलमलाई झुटा विवरणको आधारमा ०४–०१–७२–०३९० नम्बरको नेपाली नागरिकता बनाइदिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिनुभयो ।

झुटा विवरणमा नागरिकता बनाइदिएको खुलासा भएपछि फरार रहेका आचार्यलाई झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले यही असार २० गते काठमाडौँको गोठाटारमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी झापा ल्याएको थियो ।

नेपाली नागरिकता ऐन, २०६३ को दफा २१ को उपदफा ३ बमोजिम अभियुक्त आचार्यले गरेको कसुर प्रमाणित भएमा उनलाई पाँच वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने प्रहरीका सूचना अधिकारी थापाले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आठ डीएसपी एसपीमा बढुवा सिफारिस

उपप्रधानमन्त्री श्रेष्ठ छोनछिनमा

प्रहरी चौकीका आफ्नै भवन छैनन्

माओवादी पदाधिकारी बैठक सुरु

बाँदर नियन्त्रण गर्ने कानुन बनाउन कानुनमन्त्रीसँग माग

चट्याङ लागेर एकै घरका तीन घाइते

मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक : प्रदेश प्रमुख मिया

प्रदेशलाई ६० र स्थानीय तहलाई ८८ अर्ब समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस

मोदीको बिरूद्दमा वाराणासीमा कांग्रेसको उम्मेदवार अजय राय

उद्योगमन्त्री भण्डारीसँग बङ्गलादेशका शिपिङ राज्यमन्त्रीको भेट

बेनीघाट–आरुघाट सडकः तान्द्राङ खोलामा बेलिब्रिज निर्माण

राष्ट्रिय भूमि आयोग विघटन