सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपति पौडेलद्वारा पूर्वी वर्लिन क्षेत्रको अवलोकन

२०८१ असार ४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणका क्रममा मङ्गबार पूर्वी वर्लिन क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ ।

आजै उहाँले वर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । त्यसक्रममा राजदूतलगायतका दूतावासका कर्मचारीले नेपालमा जर्मनी लगानी भित्र्याउनका लागि पहल गर्नुपर्ने आवश्यकता आँैल्याउनुभएको थियो ।

भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आउनुभएको थियो । सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो ।

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ । राष्ट्रपति पौडेल आजै स्वदेश फर्कने क्रममा वर्लिनबाट कतारको दोहा प्रस्थान गर्नुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री ओली

राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई

महान्यायाधिवक्ता वडालद्वारा शपथग्रहण

लोक-संस्कृति र साहित्यिले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउछः राष्ट्रपति

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत

ओलीले लिए प्रधानमन्त्रीको शपथ

चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्छ : राष्ट्रपति

धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान

राष्ट्रपतिद्वारा अर्को सरकार गठन नभएसम्म काम गरिरहन प्रचण्ड मन्त्रिपरिषदलाई कार्यभार

नारायणगढ-मुग्लिन सडकमा पहिरोले बगाएको बसको उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण