सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अध्यक्षद्वयबीच ‘वान टु वान’ भेट्वार्ता सुरु

२०७७ असार २३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ‘वान टु वान’ भेट्वार्ता सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु वार्तामा गतिरोध अन्त्यका विषयमा छलफल सुरु भएको बताईएको छ ।

अध्यक्षद्वयबीचको भेटवार्ताअघि नेकपा महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँग छलफल गरेका छन् । प्रचण्डसँग खुमलटार र ओलीसँग बालुवाटारमा उनले सहमतिका एजेण्डाका विषयमा छलफल गरेका बालुवाटार स्रोतले जनाएको छ ।

नेताहरुबीच सहमति खोज्नका लागि नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । आजको भेटवार्तामा छलफल सकरात्मक भएमा भोलिका लागि तय भएको स्थायी कमिटी बैठक फेरि स्थगित गरिनेछ भने आजै नेकपाका सचिवालय सदस्यसँग अध्यक्षद्वयले परामर्श गर्ने तयारी छ ।

अध्यक्षद्वयबीच सोमबार झण्डै साढे दुईघन्टा ‘वान टु वान’ छलफल भएको थियो । मदन जयन्तीको दिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा आफ्नो पार्टीका नेताहरु लागेका आरोप लगाएका थिए ।

त्यसपछि स्थायी कमिटीका धेरै सदस्यहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । तर अ‍ोलीले राजीनामा नदिने अडान राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

सभापति देउवाले थपे जनजाति विभागमा १० सदस्य

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

हाम्रो नेपाली पार्टीले नवनियुक्त मन्त्री बज्राचार्यलाइ कारबाही गर्ने

देशको विकास र समृद्धि प्रजातन्त्रमा मात्रै सम्भव : सभापति शर्मा

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन :अध्यक्ष ओली

मिलन लिम्बुलाई इलाम- २ को उम्मेदवार बनाउने रास्वपाको निर्णय

कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा

सुदूरपश्चिमका दुई मन्त्रीद्वारा पदभार ग्रहण

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री