सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कांग्रेसको महाधिवेशन फागुनमा

२०७७ असार २३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्‍न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।

कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार अबेरसम्म बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशनको मिति २०७७ फागुन ७ नै रहने गरी तल्लो तहको अधिवेशनको कार्यतालिका परिमार्जन गरेर तालिका सार्वजनिक गरेको हो। गत असार १४ को पदाधिकारी बैठकले तयार पारेको अधिवेशनको कार्यतालिका संसोधन प्रस्तावलाई सोमबारको बैठकले अनुमोदन गरेसँगै नयाँ मिति तय भएको हो।

बैठकले २०७७ फागुन ७, ८, ९ र १० गते पूर्वनिर्धारित चौधौं महाधिवेशन गर्ने निर्णय गरेको छ। ‘चौधौं महाधिवेशन फागुनको ७ गतेदेखि १० गतेसम्म हुने र समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन साउन १० गतेभित्र सक्ने निर्णय भएको छ ।

यस्तो छ तल्लो तहको निर्वाचन तालिका  साेमबार बसेकाे बैठकले​​ संघीय संसदको अधिवेशन अन्त्य गरिएको बिषयलाई बैठकले गम्भीरतापूर्वक लिएको जनाएकाे छ। ‘संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएको बिषयलाई बैठकले गम्भीरतापूर्वक लिएको छ ।

संसदमा विभिन्न महत्वपूर्ण विधेयक र प्रस्तावहरू विचाराधीन रहेको तथ्यलाई नजरअन्दाज गरि, संसदको चालू बैठक आह्वान र अन्त्य गर्ने निश्चित पद्धति र परम्परा उल्लंघन गरेर अधिवेशन स्थगित गरिनु अत्यन्त आपत्तिजनक छ,’ कांग्रेसको बैठककाे निर्णयमा भनिएकाे छ।

कांग्रेसले राजधानी लगायत देशका विभिन्न ठाउँमा आन्दाेलनरत पत्रकार, नागरिकहरूको माग सम्बाेधन गर्न पनि सरकारलाई भनेकाे छ। सरकारले व्यवसायी, विदेशमा रहेका नागरिक, मजदुरकाे समस्या सम्बाेधन गर्न नसकेकाे कांग्रेसको ठहर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

सभापति देउवाले थपे जनजाति विभागमा १० सदस्य

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

हाम्रो नेपाली पार्टीले नवनियुक्त मन्त्री बज्राचार्यलाइ कारबाही गर्ने

देशको विकास र समृद्धि प्रजातन्त्रमा मात्रै सम्भव : सभापति शर्मा

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन :अध्यक्ष ओली

मिलन लिम्बुलाई इलाम- २ को उम्मेदवार बनाउने रास्वपाको निर्णय

कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा

सुदूरपश्चिमका दुई मन्त्रीद्वारा पदभार ग्रहण