सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सहकारीसम्बन्धि संसदीय छानबिन समिति कानुनी परामर्शमा

२०८१ असार ५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानुनी परामर्श सुरु गरेको छ ।

बुधबार संसद् भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो । बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानुन आयोगका सचिवसहितका अधिकारीहरूसँग परामर्श गरेको बताए ।

उनले कानुनी अस्पष्टता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषय लगायतका प्रश्नहरूमा छलफल भएको बताए । उनले नेपाल कानुन आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमाल चन्द्र अर्याल र नेपाल कानुन आयोगका सहसचिव पाश्र्वत ढुङ्गानासँग छलफल भएको बताए ।

समिति पछिल्ला दिनमा लगातार बैठक बसेर आफ्नो काम अगाडी बढिरहेको छ । यस अघि समस्याग्रस्त सहकारीबाट प्रतिवेदन मगाउने काम गरिसकेको आयोगले आफ्नो कार्यविधि पारित गरेर अगाडी बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेस–एमाले सरकारलाई गल्ती गर्ने छुट छैन: शेखर कोइराला

प्रधानमन्त्री ओलीको नियुक्ति विरुद्धको रिट न्यायाधीश बालकृष्ण ढकालको इजलासमा

सिमलताल दुर्घटना: भारतीय टोलीले त्रिशुलीमा खोजी शुरु गर्यो

धर्मिक पर्यटन प्रवर्द्धन गर्न साइकल र्याली

भिसा प्रकरणमा उपसभामुख रानामगरले आर्थिक लेनदेन गरेको भेटिएन- रास्वपा

बंगलादेशबाट १७ बिद्यार्थी काठमाडौँ ल्याइदै

गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

मनाइँदै ४२औँ बिपी स्मृति दिवस

बंगलादेशबाट आइतबार १७ विद्यार्थी नेपाल फर्कंदै

उर्जा विकासले स्थानीय जनतालाई आर्थिक सम्पन्न बनाउन सकिन्छ : उर्जामन्त्री खड्का

मेलम्चीको पानी नआएसम्म वैकल्पिक माध्यमबाट काठमाडौँमा पानी वितरण गर्न निर्देशन

पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न उद्योगमन्त्री अस्पतालमा