सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राहुल मोदीसँग प्रेम सम्बन्धमा अभिनेत्री श्रद्धा कपुर

२०८१ असार ६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः बलिवुड अभिनेत्री श्रद्धा कपुर आफ्नो निजी जीवनलाई लिएर धेरै जसो चर्चामा रहने गर्दछिन । उनको नाम लामो समयदेखि लेखक राहुल मोदीसँग जोडिएको थियो । दुवैले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेका छैनन् । तर अभिनेत्रीको हालैको सामाजिक सञ्जाल पोस्टपछि दुवै प्रेम सम्बन्धमा रहेको चर्चा भारतीय मिडियाहरुले गरेका छन् ।

श्रद्धा कपुरले इन्स्टाग्राममा राहुल मोदीसँगको सेल्फी पोस्ट गर्दै क्याप्सन लेखेकी छिन्- ‘मुटु राख… तर निन्द्रा फिर्ता देउ ।’  श्रद्धाले राहुल मोदीको बारेमा आधिकारिक पोस्ट साझा गरेको यो पहिलो पटक हो ।

उनीहरुको अफेयरको खबरले लामो समयसम्म हेडलाइन बनेको थियो । दुवै धेरै अवसरमा सँगै देखिने गरेका छन् । अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि-वेडिङ सेलिब्रेशनका लागि जामनगर जाँदै गर्दा मुम्बई एयरपोर्टमा दुवैलाई सँगै देखिएक ओथियो । मिडिया रिपोर्टमा उनीहरुको परिवार पनि उनीहरुको सम्बन्धमा खुसी रहेको दाबी गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार श्रद्धा र राहुलको भेट फिल्म ‘तू झुठी मै मक्कर’ को समयमा भएको थियो । राहुल यस फिल्मसँग सह लेखकको रूपमा जोडिएका थिए । फिल्मको सुटिङपछि उनीहरुबीचको सम्बन्ध बलियो भएको बताइएको छ । फिल्मको छायांकन सकिएपछि दुवैजना एकअर्कासँग सहज भइसकेको बताइएको छ । उमेरका हिसाबले भने श्रद्धाभन्दा राहुल ३ बर्षले कान्छा छन् । श्रद्धा अहिले ३७ बर्षकी भएकी छन् भने राहुल ३४ बर्षका छन् ।

लव रञ्जन निर्देशित फिल्म ‘तू झुठी मै मक्कर’ मा श्रद्धा कपुरले रणवीर कपुरसँग स्क्रिन सेयर गरेकी थिइन् । राहुलले यस अघि  ‘प्यार का पंचनामा २’ र ‘सोनु के टिटु की स्वीटी’ मा लेखकको रूपमा पनि काम गरिसकेका छन् । सन् २०२२ मा फोटोग्राफर रोहन श्रेष्ठसँग श्रद्धाको ब्रेकअप भएपछि अभिनेता आदित्य रोय कपुरसँग पनि उनको अफ्येर्स रहेको चर्चा चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अक्षय र अर्शदको फिल्म जोली एलएलबी-३ को शुटिंग सकियो

अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल

हाँस्य कलाकार बलेले गरे विवाह

चलचित्र ‘घरज्वाइँ’ आजदेखि प्रदर्शनमा

नाजिर हुसेनको बहुप्रतिक्षित फिल्म ‘गुन्यो चोलो उर्फ गुलाबी’ कार्तिक ९ मा रिलिज हुने

मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई

फेरी विवादमा अभिनेत्री ज्याक्लिन

प्रदीपको फिल्म ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित

करण जोहरलाई छोरा छोरीको प्रश्न- हाम्री आमा को हुन् ?

हजार करोड तिर लम्किदै ‘कल्कि २८९८ एडी’

राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगिता सम्पन्न

एनिमलपछि बलिवुडमा उदाएकी तृप्ति