सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

खानेपानी विभागका इन्जिनियरविरुद्ध बिशेष अदालतमा मुद्दा दायर

२०७७ असार २३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः तीन करोड १० लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ ।

क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्णप्रसाद उपाध्यायले तीन करोड १० लाख रुपैयाँभन्दा धेरै गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायविरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।

उपाध्यायले जग्गा खरिद, घर निर्माण, विद्युतीय उपकरण खरिद, जीवन बीमा प्रिमियम शुल्क, सापटी रकम, शेयर तथा डिभेन्चर खरिद, विभिन्न बैंकमा विभिन्न मितिमा मुद्दती निक्षेप जम्मा, शैक्षिक खर्च, सुनचाँदी खरिद, साथमा रहेको नगद र श्रीमती दुर्गा खनाल रिमालको नाममा विभिन्न बैंक खातामा रकम राखेको खुल्न आएको अख्तियारले जनाएको छ ।

अख्तियारले श्रीमती दुर्गा खनाल रिमाल उपाध्यायलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । उपाध्याय सामुदायिक खानेपानी तथा सरसफाइ इकाइ कार्यालय डडेल्धुरामा राजपत्राङ्कित तृतीय श्रेणी इन्जिनियरको पदमा २०६३ साल माघ ५ गते स्थायी नियुक्त हुनुभएकाे थियाे ।

विसं २०६९ चैत १५ गते सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएर विभिन्न कार्यालय हुँदै सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा दरबन्दी भइ क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत रहनुभएकाे अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ