सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘भाषा साहित्य संरक्षणमा प्रतिष्ठानको भूमिका महत्वपूर्ण’

२०८१ असार ९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सबै भाषा, साहित्य, संस्कृतिको संरक्षण प्रवद्र्धन र प्राज्ञिक अनुसन्धानका क्षेत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७औंँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले प्रज्ञा–प्रतिष्ठान नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा सामाजिकशास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्ने साथै मौलिक सिर्जना एवं अनुवादको काम गर्ने नेपालको सर्वोच्च निकाय भएको धारणा राख्नुभयो ।

मन्त्री तामाङले साहित्यकार, अन्वेषकलगायत वाङ्मय क्षेत्रका प्रतिभाहरुको सम्मान गर्ने तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्राज्ञिक गतिविधिको सञ्चालन गर्न पनि प्रतिष्ठानले भूमिका खेलिरहेको उल्लेख गर्नुभयो ।

नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र, दर्शनको संरक्षण, संवद्र्धन र विकासमा सरकार  सचेत र प्रतिबद्ध रहेको भन्दै उहाँले  अहिले विश्वव्यापी रूपमा  देखापरेको आर्थिक संकटबाट नेपाल पनि प्रभावित भएको बताउनुभयो ।

“नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति, दर्शनको विकासमा अधिकतम सहयोग गर्ने र त्यसका लागि बजेटको व्यवस्था गर्ने प्रयास गरिरहेको छु”, उहाँले भन्नुभयो, “प्रतिष्ठानले  नेपालको मौखिक इतिहासको खोजी गर्ने, मातृभाषाको संरक्षण र संवद्र्धन, बालसाहित्यको विकास गर्ने लक्ष्य लिएको छ ।”

मन्त्री तामाङ्ले सातवटै प्रदेशका भौगोलिक, सामाजिक, सांस्कृति, ऐतिहासिक, भाषिक, साहित्यिक विषयको खोज अन्वेषण गरी दिग्दर्शनहरू प्रकाशित गर्न लागेको पनि जानकारी दिनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान विसं २०१४ मा नेपाली साहित्य–कला एकेडेमीका नाममा  स्थापना भएको थियो भने नेपाल एकेडेमी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै नेपाल प्रज्ञा–प्रतिष्ठान भएको हो । वार्षिकोत्सवका राष्ट्रिय कविता महोत्सव गरेको थियो । महोत्सवमा छ सयभन्दा बढी कविले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भैरहवा भन्सार ३ वर्ष देखि भएन लक्ष्य पार, निर्यात बढ्यो

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सिराहा भन्सारको राजस्व सङ्कलनमा कमी

ड्रागन फ्रुट बिक्रीबाट वार्षिक रु १६ लाख आम्दानी

भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तराष्ट्रिय

सरकारी ऋण २४ खर्ब ३४ अर्ब नाघ्यो, गत आवमा ऋण तिर्न तीन खर्ब खर्च

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

मौद्रिक नीति आज सार्बजनिक नहुने

अमेरिकी डलर उच्च मूल्यमा, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभरा देवीको दर्शन

सैनिक कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड नगद मौज्दात