सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पदयात्रामा पहिचान भएका ३ दर्जन पर्यटकीय गन्तव्यको सुची सहितको प्रतिवेदन हस्तान्तरण

२०८१ असार ९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौःपर्यटकिय गनतव्यको खोजीमा जुटेको बर्दिवास उधोग बाणिज्य संघले प्रदेश र स्थानिय सरकारलाई प्रतिवेदन पेश गरेको छ ।

स्थलगत पदयात्राका क्रममा नगर क्षेत्रमा पहिचान गरिएका पर्यटकिय गन्तव्यहरुको सुची सहित आज प्रतिवेदन पेश गरेको हो ।उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाको नेतृत्वमा हस्तान्तरण गरिएको उक्त प्रतिवेदनमा धार्मिक, पुरातात्त्विक र पर्यटकिय हिसावले आकर्षित गर्न सक्ने ३२ ठाउँ समावेश गरिएको छ ।

प्राकृतिकरुपमा भेटिएका गिद्वका बासस्थान देखि जर्मन नागरिक गुड्रन कार्विन्सले पत्ता लगाएको मध्य पाषण युगको हतियार कारखानालाई समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पुस देखि सुरु भएको यो अवधीमा गुड्रन कार्विन्सले पत्ता लगाएको हतियार कारखानालाई पुरातात्त्विक पर्यटन केन्द्र वनाउने गृहकार्य सुरु भएको छ । उधोग बाणिज्य संघको नेतृत्वमा पदयात्रीहरुको एउटा समूह संघिय सरकारको पर्यटन मन्त्रालय र प्रदेश सरकारमा पुगेर पुरातात्त्विक पर्यटन केन्द्रकोरुपमा विकास गर्न ध्यानाकर्षण समेत गराईएको थियो ।

परिणामस्वरूप संघ सरकारले ८० लाख र प्रदेश सरकारले ४५ लाख गरी १ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै धार्मिक पर्यटनका हिसावले उर्वर मानिएको बर्दिवासलाई प्राचीन मण्दिर र गुम्बाहरुको विषयमा अध्यण गरि प्रतिवेदनमा गुरुयोजनाको मार्गचित्र समेत वनाईएको छ ।

प्रतिवेदनको अर्को छाया कपि भने होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमलाई हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भैरहवा भन्सार ३ वर्ष देखि भएन लक्ष्य पार, निर्यात बढ्यो

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सिराहा भन्सारको राजस्व सङ्कलनमा कमी

ड्रागन फ्रुट बिक्रीबाट वार्षिक रु १६ लाख आम्दानी

भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तराष्ट्रिय

सरकारी ऋण २४ खर्ब ३४ अर्ब नाघ्यो, गत आवमा ऋण तिर्न तीन खर्ब खर्च

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

मौद्रिक नीति आज सार्बजनिक नहुने

अमेरिकी डलर उच्च मूल्यमा, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभरा देवीको दर्शन

सैनिक कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड नगद मौज्दात