सदाबहार खबरको रफ्तार ....
श्रावण ६, २०८१ आइतबार
July 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला

२०८१ असार ९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः ‘मिस ग्राण्ड नेपाल, २०२४’ नामक सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक उमङ्ग क्रिएसन प्रालिका प्रवन्ध निर्देशक उद्धव अधिकारीले आजैदेखि आवेदन खुला गरिएको र इच्छुकले यही असार ३१ गतेसम्म आवेदन दिनसक्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाले आवेदन दिनसक्ने छन् भने आवेदकहरुको उचाइ कम्तीमा पाँच फिट तीन इञ्च हुनुपर्नेछ ।

कम्पनीका अनुसार प्रतियोगिताको विजेताले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस ग्राण्ड इन्टरनेसनल-२०२४’मा सहभागी हुन पाउनेछन् । “यस वर्ष  ‘ब्रेभ, बोल्ड, ब्यूटिफूल’ को नारासहित मिस ग्राण्ड नेपाल-२०२४ घोषणा गरिएको छ”, उहाँले भन्नुभयो, “प्रतियोगिताको ग्राण्ड फिनाले आगामी भदौ ११ गते गरिनेछ ।” त्यसअघि आगामी साउन २३ गते मिस ग्राण्ड नेपाल-२०२४ को क्राउन सार्वजनिक गरिने उहाँको भनाइ छ ।

कम्पनीले सन् २०२० देखि प्रत्येक वर्ष सौन्दर्य प्रतियोगता आयोजना गर्दै आएको छ । उमङ्ग क्रिएशनले सन् २०२३ मा ‘मिस ग्राण्ड इन्टरनेशनल’को फ्रेन्चाइज लिएको थियो । प्रतियोगिताको कोरियोग्राफरमा प्रशान्त ताम्राकार हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशका अर्थमन्त्री यादवलाई आफ्नो क्षेत्रमा भव्य स्वागत

सशस्त्र प्रहरी बलः विपद्मा खोज तथा उद्धारदेखि राजस्व सङ्कलन

प्रधानमन्त्री ओली भोलि विश्वासको मत लिनुहुँदै : विश्वासको मत दिन एमालेद्वारा ‘ह्वीप’

सेनाद्वारा एक हजार चार सय किलोमिटर सडक निर्माण

‘ऐन संशोधन गर्न अघि सारेको प्रस्ताव संसदबाट पास गराइने’

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

रथी सिग्देलको उमेर सम्बन्धमा कैफियत नरहेको सेनाको प्रष्टोक्ति

उपप्रधानमन्त्री सिंहसँग चिनियाँ राजदुत चोंगको भेटवार्ता

किन लत्याइयो धारा ७६ (२) ? : प्रा. वीरेन्द्र मिश्र

किरीबाससँग कूटनीतिक सम्बन्ध स्थापना

पहिरोमा परी गम्भीर घाइते चारजनाको सेनाको हेलिकप्टरबाट उद्धार