सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टीआरसी विधेयक सहमतिमै अघि बढाउने प्रयास

२०८१ असार १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्बाट बजेट पारित भएलगत्तै संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन (टीआरसी) संशोधन विधेयकमा राजनीतिक सहमति जुटाउने प्रयास थालेका छन् ।

कांग्रेससँग गठबन्धनको बेलामा सहमति निकट पुगिसकेको विधेयक सत्ता समीकरण फेरिएसँगै अघि बढ्न सकेको थिएन । संसद्बाट विधेयक पारित नहुँदा शान्ति प्रक्रियाका बाँकी काम अवरुद्ध छन् ।

मुख्य राजनीतिक दलको सहमतिका आधारमा संसद्मा छिटोभन्दा छिटो विधेयकलाई लैजान बिहीबार बालुवाटारमा कांग्रेस र एमाले नेतृत्वसँग छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । ‘तीनवटै पार्टीका प्रमुख सचेतकसहित बसेको बैठकको छलफल सकारात्मक भएको छ,’ उनले भने ।

यसअघि कांग्रेस र माओवादी गठबन्धन सरकारले अघि बढाउन खोजेको विधेयकमा पीडितलाई केन्द्रमा राखेर मात्रै सहमति जुटाउनुपर्ने भन्दै एमालेले प्रस्तावित विधेयकका प्रावधानमा केही ‘रिजर्भेसन’ राख्दै आएको थियो । प्रधानमन्त्रीले समीकरण बदलेसँगै एमाले सकारात्मक बनेको छ । नयाँ समीकरणमा रहेका पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ मा टीआरसी विधेयक तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

शान्ति प्रक्रियाका बाँकी कामलाई टुंग्याउन तत्काल कानुनी प्रबन्ध गर्ने, पीडितलाई केन्द्रमा राखी तथ्यका आधारमा सत्य स्थापित गर्ने, सत्यका आधारमा न्याय, क्षतिपूर्ति, परिपूरण, माफी र मेलमिलापका माध्यमबाट द्वन्द्व–सिर्जित पीडाको सम्बोधन गर्ने गरी विधेयक अघि बढाउन गठबन्धन सरकारमा रहेका दलहरूको सहमति छ । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एक वर्षमा साढे तेह्र हजारभन्दा बढी राहदानी वितरण

द्वन्द्वकालीन मुद्दामा ७५ प्रतिशतसम्म सजाय छुट दिलाउने तयारी

गुठी संस्थानले सर्वोच्चलाई किन टेरेन ?

जयमाला मृत्यु प्रकरणः २ महिना देखि न्यायका लागी भौंतारिदै आफन्त

उद्योगमा विद्युत् आपूर्ति सुचारु

गण्डकीमा सरकार पुनर्गठनको तयारी

रोकिएन विमानस्थलबाट हुने मानव तस्करी

पूर्वराज्यमन्त्री रायको हत्या, प्रहरी सुराकविहीन

विश्वका १३४ वटा मुलुकसँग साढे १४ खर्बको व्यापार घाटा

प्रतिनिधिसभा बैठकः प्रधानमन्त्री ओलीसँग पूर्वअर्थमन्त्री पुनको भनाभन

तलब समायोजनको गृहकार्य

त्रिविमा पनि मौका परीक्षा