सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सांस्कृतिक महासंघमा बेथिति बढ्यो, वास्तविक कलाकर्मी बाहिरिन थाले महामन्त्री रायमाझी

२०८१ असार १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेतृत्वको बेथितिका कारण नेपाल सांस्कृतिक महासंघबाट वास्तविक कलाकर्मी बाहिरिन थालेको महामन्त्री दुर्गा रायमाझीले बताएका छन्। वरिष्ठ लोक गायकसमेत रहेका रायमाझीले धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन्।

महासंघमा बेथिति बढ्दै गएको र नेतृत्व कै कारण महासंघले उचित स्वरूप पाउन नसकेको उनको दुखेसो छ। ‘संघ हुँदा नै पूर्णता नभएको बेला महासंघको नाममा गरिने हरेक क्रियाकलाप वैध छैनन्। संस्थाको गरिमा कायम गर्न गर्दै गतिशीलता प्रदान गर्नुपर्छ,’ उनले भने।

नेपाली कांग्रेसको भ्रातृ संस्था रहेकाले पार्टीले ३ वर्षका लागि मनोनीत गरेको भए पनि ५ जना पदाधिकारीको ९ वर्ष पुगिसकेको उनले बताए। यसरी संवैधानिक संकट निस्किएको अवस्थामा कुनै पनि पदाधिकारीले मनलाग्दि निर्णय गर्न नहुने उनको तर्क छ।

आफू सुदूरपश्चिमका विभिन्न जिल्लाका साथीहरूसँग भेटघाटका क्रममा पुगेको र अब जिल्ला जिल्लामा संगठन विस्तार हुनुपर्ने उनले बताए। सबै जिल्लामा चाँडोभन्दा चाँडो संगठन पुगाएर र पुराना समितिको निर्वाचन गराएर केन्द्रीय महाधिवेशन गर्नुपर्ने उनको धारणा छ। अहिले ९ वर्ष पुरानो नेतृत्वले केही व्यक्तिलाई जिम्मेवारी प्रदान गरिएको भन्दै पत्र दिने गरेको प्रति उनले खेद प्रकट गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हाँस्य कलाकार बलेले गरे विवाह

चलचित्र ‘घरज्वाइँ’ आजदेखि प्रदर्शनमा

नाजिर हुसेनको बहुप्रतिक्षित फिल्म ‘गुन्यो चोलो उर्फ गुलाबी’ कार्तिक ९ मा रिलिज हुने

मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई

फेरी विवादमा अभिनेत्री ज्याक्लिन

प्रदीपको फिल्म ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह ठकुरी अनुबन्धित

करण जोहरलाई छोरा छोरीको प्रश्न- हाम्री आमा को हुन् ?

हजार करोड तिर लम्किदै ‘कल्कि २८९८ एडी’

राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगिता सम्पन्न

एनिमलपछि बलिवुडमा उदाएकी तृप्ति

कल्कीको सफलतापछि प्रभासको सलार-२ को छिट्टै छायांकन हुने

आँचल र विवेकको ‘वर एन्ड वधु’ भदौ १४ देखि प्रदर्शनमा आउने