सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तीन करोड ५७ लाखमा पक्की पुल निर्माण

२०८१ असार १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राउते खोला पक्की पुल निर्माण भएको छ । भोजपुरको टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले रु तीन करोड ५७ लाख लागतमा पुल निर्माण गरेको हो ।

“राउते खोला पक्की पुल निर्माणअवधिभन्दा १५ महिनाअघि सम्पन्न गर्न सफल भएका छौँ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो । पुल बनेसँगै स्थानीयलाई सहज भएको छ”, उक्त कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले भन्नुभयो ।

राउते खोला पुलले साविकको वडा नं ७ राउते र साविकको वडा नं ५ लेखर्कलाई जोडेको छ । पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको सवारीचालक मिलन तामाङले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हाइकिङसँग जोडिदै गर्लाङ सामुदायिक घरबास

उदिपुर पहिरो रोकथाम गरिँदै

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटियो

‘सीमा सुरक्षा पहिलो प्राथमिकता’

त्रिशूली नदीमा बेपत्ता मध्ये ११ जनाको शव भेटियो

साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो

कस्तो छ आजको मौसम पूर्वानुमान ?

न्यूरोडको फुटपाथ निर्माणको बाटो खुल्यो: उच्च अदालतबाट अन्तरिम आदेश

भरतपुरको तटिय क्षेत्रका वडामा निग्रानी बढाउन महानगरको आग्रह

जसपाद्वारा बाढीपहिराबाट भएको क्षतिप्रति दुःख व्यक्त

सामुदायिक वनमा ७२ हजार बिरुवा रोपियो