सदाबहार खबरको रफ्तार ....
असार २९, २०८१ शनिबार
July 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेकपा एस महाधिवेशनः सर्वसम्मत नेतृत्व चयनको प्रयास

२०८१ असार १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ । नेतृत्वपङ्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ ।

राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय नेतृत्वमा पनि निर्विरोध उम्मेदवारको खोजी गरिएको हो ।

पार्टीको आन्तरिक एकता बलियो बनाउन, वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले पार्टीको नेतृत्व साथै देश र जनताको हितमा काम गर्न सक्ने स्वच्छ छवि भएको नेतालाई नेतृत्वमा लैजानुपर्ने पार्टीका सातै प्रदेशका अध्यक्षले सुझाव दिनुभएको छ ।

सम्मानित नेता झलनाथ खनालले सबै प्रदेश अध्यक्षसँग गर्नुभएको छलफलमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग विभाजित हुनुको औचित्य पुष्टि गर्नसक्नुपर्ने सुझाउनुभएको छ ।

कोशीबाट बलदेव चौधरी, गण्डकीका श्रीनाथ बराल, बागमतीका सावित्रा भुसाल, मधेस प्रदेशका रामचन्द्र यादव, लुम्बिनीका सोमप्रसाद पाण्डे, कर्णालीका अम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर सिंह छलफलमा सहभागी हुनुहुन्थ्यो ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबीच समझदारीका साथ सर्वसम्मत नेतृत्व चयनका लागि पुस्तान्तरणका विषयमा पनि छलफल गरिएको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो ।

यही असार १६ देखि २० गतेसम्म पार्टीको महाधिवेशन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राजनीतिक समीकरण फेरिँदा माओवादीलाई सबैभन्दा धेरै क्षति लुम्बिनीमा

देउवा र ओलीसहितका शिर्ष नेता शीतल निवासमा

समृद्धिका लागि राजनीतिक नेतृत्वलाई सकारात्मक दबाब दिन जरुरी : इश्वर पोखरेल

सरकारमा दाबी पेश गर्न देउवा र ओली हस्ताक्षर गरेर तयारी अवस्थामा

देश र जनताको समस्या समाधान हुनुपर्छ : सांसद सुवाल

राजनीतिक अस्थिरताले समस्या समाधान हुँदैन : सांसद केसी

प्रधानमन्त्रीले आत्मसमीक्षा गर्नुपर्छ : सांसद यादव

दुई पार्टीबीचको सहमतिमा आशङ्का छः उपप्रधानमन्त्री लामिछाने

मेटमणिको प्रचण्डलाई सुझाव- देउवासँग सम्बन्ध नबिगार्नु होला, चार महिनापछि तपाइँ नै आउने हो

गृहमन्त्रीले सुशासनका कुरा गरेर संसदमा झुटो बोल्नुभयो- ज्ञानेन्द्र शाही

प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपा संसदिय दलको निर्णय

राजनीतिक स्थायित्वका लागि नयाँ समीकरण