सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ : सभामुख घिमिरे

२०८१ असार १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि नेपालमा शिक्षा व्यवहारिक हुन नसकेको भन्दै शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताए।शिक्षाले समाजलाई परिवर्तन गर्ने भन्दै शिक्षालाई दर्शन सिक्ने ठाउँको रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।

‘अहिले पनि हामीले शिक्षालाई सर्वसुलभ बनाउन सकेका छैनौँ। शिक्षा व्यवहारिक हुन सकिरहेको छैन। शिक्षाले समाजलाई परिवर्तन गर्ने दर्शन सिक्ने ठाउँको रुपबाट विकास गरेको छैन। त्यो दर्शन मान्छेको जीवनमा, नेपाली समाजको जीवनमा यहाँका विभिन्न जातजातिहरूको, विभिन्न संस्कार, संस्कृतिहरूको, धनी र गरिबहरूबीचको, सुविधा सम्पन्न सहर र धेरै दुर्गम ठाउँको र नेपालको विशिष्टतामा आधारित देहायका प्राकृतिक श्रोत साधनहरुको सदुपयोग गर्ने सन्दर्भमा, यहाँको पर्यापर्यटनहरुका विभिन्न क्षेत्रहरुको उद्घाटन गर्ने सन्दर्भमा कसरी यसलाई प्रयोग गर्न सकिन्छ? भन्नेबारेमा त्यस दिशामा यसले धेरै जमर्कोहरू गरिरहेको छ,’ उनले भनेका छन्।

नेपालको शिक्षा नेपाली जनजीवन, नेपाली समाजको जीवनमा आधारित भइ प्राकृतिक स्रोत साधनहरूको सदुपयोग गर्ने सन्दर्भमा केन्द्रित हुनुपर्ने उनले बताए। अहिलेको समयानुसारको पाठ्यक्रमहरू निर्माण गरी दक्ष शिक्षकहरूबाट विद्यार्थीलाई शिक्षित बनाउनुपर्ने सभामुख घिमिरेले बताएका छन्।

‘तदनुकुलको पाठ्यक्रमहरू निर्धारण गर्ने, तदनुकुलका दक्ष शिक्षकहरु राखेर प्रशिक्षण दिने, यी कामहरूमा कोसिस गरिरहेको छ। तर जुन किसिमबाट विकास गर्नुपर्ने हो, प्रतिकुलताका कारण सकिरहेको छैन। शिक्षालाई सर्वसुलभ बनाइ, शिक्षा जीवनउपयोगी बनाउने र अझै शिक्षा भनेको जीवनलाई उत्कृष्ट बनाउन सकिन्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जहाज दुर्घटनाबारे चिनियाँ र अमेरिकी राजदूतको ट्विट- दुखद घडीमा हामी नेपालको साथमा छौं

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

गुरुङ सम्पदा पदमार्ग घोषणा

प्रधानमन्त्री ओली विमानस्थलमा

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

मुख्यमन्त्री आचार्यः विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीसम्म

संक्रमणकालीन न्यायसम्बन्धि विधेयक: कार्यदलले आज टुङ्गो लगाउदै

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री आचार्यले लिए शपथ

ढुक्क भएर लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन आग्रह

सहज स्तरोन्नतिका लागि इजिप्टले सघाउने

‘न्यूनतम महसुल तिर्न नसकी लाइन काटिएका जनताका बारेमा पनि छलफल गरौँ ’