सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नदै गुफाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गरिँदै

२०८१ असार १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जुम्लाको तिला गाउँपालिका–९ स्थित धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको नदै गुफाको पर्यटन प्रवर्द्धन गरिने भएको छ । पालिकाले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरी प्रचारप्रसार गर्ने उद्देश्यले संरक्षण र प्रवर्द्धनको पहल थालेको हो ।

नदैको प्रचारप्रसार, गुफा परिसरमा मन्दिर पुनःनिर्माण तथा संरक्षणका लागि सङ्घीय सरकारबाट प्राप्त सर्शत अनुदानमार्फत रु ९० लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिनुभयो । सङ्घीय सरकारबाट प्राप्त बजेटबाट गुफाको भौतिक संरचना, गुफासम्म पुग्ने पदमार्ग, धर्मशालालगायत भौतिक संरचना निर्माण गरिने उहाँको भनाइ छ । वडाध्यक्ष रावतका अनुसार गुफासम्म सडक सञ्जाल जोड्नका लागि बजेट सङ्घीय सरकारबाट बजेट व्यस्थापन भएको छ ।

“अलपत्रमा रहेको नदै गुफालाई संरक्षण गरी पूर्वाधार निर्माण गरेमा यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने छ । यहाँ दुई सय मिटर लामो धार्मिक गुफा छ । परम्परागतरुपमा गाईको दूधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी निरन्तर बग्ने विशेषता देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “यसको संरक्षण र प्रवर्द्धन गर्न सके स्थानीयको आयस्तरमा सुधार हुँदै जानेछ । साथै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरेका छौँ ।”

गुफा ऐतिहासिक रुपमा महत्वपूर्ण मानिए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको गुनासो स्थानीयको छ । ऐतिहासिक यस गुफालाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न पालिकाले पहल थालेको गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले बताउनुभयो ।

पालिकाले गुफाको बारेमा विस्तुत अवलोकन, थप अनुसन्धान तथा यहाँको विशेषताबारे खोजी गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो । नीति कार्यक्रम तथा बजेटमा तिलाका पर्यटकीय क्षेत्रको परिचान गरी प्रचारप्रसार र संरक्षणलाई पालिकाले विशेष प्रथामिकतामा राखेको गाउँपालिका कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आयल निगमले बढायो इन्धनको मुल्य

रुपन्देहीमा विकास बजेट ३६ प्रतिशत मात्रै खर्च

पर्यटन नीतिलाई समयानुकूल बनाउँछुः पर्यटनमन्त्री पाण्डे

दोहोरो अंकले घट्यो नेप्से

नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन : अर्थमन्त्री पौडेल

साउनको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति ?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

मधेस प्रदेश सरकारको बजेट खर्च ५६ प्रतिशत

भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति

सुनचाँदीको मुल्य कति पुग्यो ?

दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप ४३ लाख अनुदान

यस्तो छ आजको लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर