सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रुससँगको युद्ध अन्त्य गर्ने ‘योजना’ तयार गरिरहेको जेलेन्स्कीको भनाइ

२०८१ असार १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध कसरी अन्त्य हुनुपर्छ भन्ने किएभले विश्वास गर्छ भनेर ‘व्यापक योजना’ बनाउँदै गरेको बताउनुभएको छ ।

युक्रेन र रुसबीच कुनै सार्वजनिक वार्ता भइरहेको छैन तथा जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सार्वजनिक भनाइका आधारमा सम्भावित शान्ति सम्झौताका सर्तहरूको कुरा आउँदा दुवै पक्ष सधैँ टाढा रहन्छन् ।

जेलेन्स्कीले युक्रेनको स्थितिका लागि समर्थन जुटाउनका लागि यसै महिनाको सुरुमा स्विट्जरल्यान्डमा प्रमुख अन्तर्राष्ट्रिय शिखर सम्मेलनको आयोजना गर्नुभयो । सम्मेलनमा रुसलाई आमन्त्रण गरिएको थिएन ।

“हाम्रा लागि युद्धलाई अन्त्य गर्ने योजना देखाउनु अत्यन्त महत्त्वपूर्ण छ, यो विश्वको बहुमतले समर्थन गर्नेछ”, स्लोभेनियाली राष्ट्रपति नतासा पिर्कर मुसरसँग किएभमा पत्रकार सम्मेलनमा शुक्रबार उहाँले भन्नुभयो, “हामीले काम गरिरहेको कूटनीतिक मार्ग यही हो ।”

स्विट्जरल्यान्डमा जेलेन्स्कीसँग दुई दिवसीय शिखर सम्मेलनमा ९० भन्दा धेरै देशले नेता तथा वरिष्ठ अधिकारीहरू पठाएका थिए । यीमध्ये अधिकांशले कुनै पनि सम्झौतामा युक्रेनको ‘क्षेत्रीय अखण्डता’ को सम्मान गर्ने आवश्यकतामा जोड दिइएको अन्तिम विज्ञप्तिमा सहमति व्यक्त गरेका थिए ।

तर सम्मेलनमा भाग लिने भारतजस्ता मुलुकहरू उक्त विज्ञप्तिमा सहमत भएका थिएनन र रुसको सहयोगी चीन जस्ता अन्यले मस्कोलाई आमन्त्रण नगरेको विरोधमा शिखर सम्मेलन बहिष्कार गरेका थिए ।

युक्रेनले बारम्बार शान्ति वार्ता सुरु हुनुअघि रुसका सैनिकहरू अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त क्षेत्रबाट बाहिरिनुपर्ने बताएको छ । यसमा सन् २०१४ मा मस्कोले कब्जा गरेको क्रिमिया प्रायद्वीप पनि सामेल छ ।

यसैबीच सन् २०२२ मा फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गर्ने पुटिनले युक्रेनसँग उसका पूर्व र दक्षिणमा अझ धेरै क्षेत्र खाली गरेर प्रभावकारीरूपमा आत्मसमर्पण गर्न माग गर्दै हुनुहुन्छ ।

बिहीबार ब्रसेल्समा जेलेन्स्कीले केही महिनाभित्रै एउटा ‘विस्तृत योजना’ ल्याउने बताउनुभयो । सैनिक र नागरिकहरूको उच्च मृत्यु दरतर्फ इशारा गर्दै उहाँले भन्नुभयो, “हामीसँग धेरै समय छैन ।”

शुक्रबार एउटा अर्को सानो सीमावर्ती गाउँ कब्जा गरेको दाबी गर्दै रुसको सेना विस्तारै युद्धको मैदानमा अगाडि बढिरहेको छ ।

हालको अवस्थामा रुसले युक्रेनको करिब २० प्रतिशत भाग कब्जा गरेको छ । सन् २०२२ मा उनीहरूले थप चार क्षेत्रमा कब्जा गरेको दाबी गरेका छन् । यी क्षेत्रमध्ये कुनैमा पनि उनीहरूको पूर्ण नियन्त्रण छैन ।

युक्रेन आक्रमणकारी रुसी सेनाहरूलाई पछाडि धकेल्नका लागि पश्चिमी वित्तीय र सैन्य सहायतामा निर्भर छ तर दुई वर्षभन्दा लामो लडाइँपछि उसका सैनिक कमजोर र थकित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

थाइ अदालतले प्रधानमन्त्री थाभिसिनको मुद्दामा अगस्ट १४ मा फैसला गर्ने

ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी

हमासद्वारा प्यालेस्टिनी प्रतिद्वन्द्वीसँग ‘राष्ट्रिय एकता’ का लागि सम्झौता

बङ्लादेशको विभिन्न सरकारी निकायको वेबसाइट ह्याक

सात पटक बजेट प्रस्तुत गर्दै भारतकी अर्थमन्त्री सीतारमणको किर्तिमान

कमला ह्यारिसलाई १९३ डेमोक्रेटिक सांसदको समर्थन

ट्रम्पको सुरक्षा मिसनमा अमेरिकी सिक्रेट सर्भिस ‘असफल’– निर्देशक

ह्यारिस राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि एकै दिन ४७ मिलियन डलर उठ्यो

सन् २०२४ एड्सबाट जनस्वास्थ्यमा जोखिम अन्त्य गर्ने लक्ष्य हासिल गर्न निर्णायक बर्ष : राष्ट्रसङ्घ

करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनबाट प्रभावित

ट्रम्प भन्छन्- बाइडेन् राष्ट्रपतिका लागि पनि सक्षम थिएनन्

ओबामाले कमला ह्यारिशलाई किन गरेनन् समर्थन ?