सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

६ महिनामा सप्तरीमा दुई महिलासहित ९ जनाको हत्या, १२ बालिका बलात्कृत

२०८१ असार १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सप्तरीमा ६ महिनाको अवधीमा ९ जनाको हत्या भएको छ । जस मध्ये ७ पुरुष र २ महिला छन् । यसरी हत्या गरिएका मध्ये १८ वर्षिय किशोरदेखी ७५ वर्षिया बृद्धासम्म छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले शुक्रबार आयोजना गरेको “नेपाल मानव अधिकार वर्ष पुस्तकको अद्र्धवार्षिक पूर्व समिक्षा” गोष्ठीमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

इन्सेकका जिल्ला प्रतिनिधि मनोहर कुमार पोखरेलद्वारा प्रस्तुत सन् २०२४ को ६ महिने प्रतिवेदनमा पुरुषतर्फ १८, १९, २५, ३२, ५६, ६५ र ६८ वर्ष उमेर समूहका र महिलातर्फ ७० र ७५ वर्ष उमेरका ज्येष्ठ नागरिकको हत्या भएको उल्लेख छ । उक्त हत्या घटनाका आरोपित मध्ये एक जना सशस्त्र प्रहरी, १ मृतकका छोरा र ३ जना मृतककै साथी पक्राउ परी हाल पूर्पक्षका लागि थुनामा छन् भने १६ जना आरोपित अझै फरार रहेको पोखरेलद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

यस्तै सोही अवधीमा बालिका बलात्कारका १२ घटना भएका छन् । बलात्कार घटनामा १४ देखी १७ वर्ष उमेर समूहकी बालिकाहरु पीडित भएका छन् । जसमध्ये १ जना अपाङ्गता भएको बालिकासमेत छिन् । यसरी बलात्कार घटनामा संलग्न रहेका आरोपी मध्ये ३ जना पूर्पक्षका लागि थुनामा, १ जना बालसुधार गृहमा र ६ जना अझै फरार रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसैअवधीमा जिल्लामा बैवाहिक बलात्कारको १ वटा घटना समेत भएको छ । २१ वर्षिया एक महिलाले बैवाहिक बलात्कार भयो भन्दै दिएको उजुरीको आधारमा पक्राउ परेका उनका २८ वर्षिय पतिलाई सप्तरी जिल्ला अदालतका न्यायाधिश नविनकुमार जोशीको आदेशमा २०८१ बैशाख ६ गतेदेखी पूर्पक्षका लागि राजविराज कारागारमा छन् ।

यस्तै ६ महिनाको अवधीमा बहुविवाहका ७ र बालविवाहका ९ घटना भएको प्रतिवेदनले देखाएको छ । यस्तै देवरसँग बिवाह गराई भाउजुसहित दुबै जनालाई गाउँ निकाला गरिदिएको १ र घरेलु ंिहसाका २१ वटा घटना भएको प्रतिवेदनले देखाएको छ ।

सन् २०२३ जनवरीदेखी डिसेम्बरसम्मको १ वर्षको अवधीमा हत्या ९, बहुविवाहका १८ र घरेलु हिंसाका ४५ वटा घटना भएका थिए । तर पछिल्लो ६ महिनाको तथ्याङ्क हेर्दा आपराधिक घटना न्युनिकरणका लागि प्रहरी, प्रशासन र सरोकारवाला सबैको थपसक्रियता आवश्यक रहेको महसुस गरिएको प्रतिवेदनमा उल्लेख छ ।

गोष्ठीमा सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधिश दिपकप्रसाद दाहाल, प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्य, सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र यादव, नेकपा एमालेका सचिव देवनाथ यादव, जनमत पार्टका इन्चार्ज रामगमन साह, जिल्ला न्यायाधिवक्ता गोकुलप्रसाद निरौला, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, महिला मानवअधिकार रक्षक संजालकी अध्यक्ष अनिता देवकोटा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव लगायतले जिल्लामा भएका आपराधिक घटनाहरुप्रति चिन्ता व्यक्त गर्दै अपराध नियन्त्रण र सुरक्षित समाज निर्माणका लागि सबै सरोकारवालाले मिलेर काम गर्नु पर्नेमा जोड दिएका थिए । राजधानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना केबलकार ५० दिन बन्द

वैदेशिक रोजगार व्यवसायी कम्पनीको नवीकरण अन्योल

छैन पहिरो रोक्ने दीर्घकालीन योजना

प्रधानमन्त्रीमा केपी शर्मा तीन वर्षपछि कमब्याक

देशभर बयालिस प्रतिशत रोपाइँ

रात्रिकालीन सवारी नचलाउने निर्णय

चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को–को हुँदै छन् मन्त्री ?

को बन्दैछ बाग्मतीमा मुख्यमन्त्री ?

दुई दशकपछि शैक्षिक पात्रो लागु गर्दै त्रिवि

चौथो पटक प्रधानमन्त्री बन्दै ओली, मन्त्री छान्न गठबन्धनको गृहकार्य

१४ बुँदे माग राखी २२ दिनदेखि आन्दोलन

सिमलतालमा भक्कानिरहेछन् बेपत्ताका आफन्त