सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चार लाखभन्दा बढी बिरुवा रोपिँदै

२०८१ असार १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दाङमा हरियाली प्रवद्र्धनसँगै भूक्षय नियन्त्रणका लागि चार लाखभन्दा बढी बिरुवा रोप्न थालिएको छ ।

डिभिजन वन कार्यालय घोराही र लमही अन्तर्गत यस वर्ष जिल्लाका विभिन्न सामुदायिक वन, निजी वन, नदी उकास क्षेत्रलगायतका विभिन्न क्षेत्रमा चार लाख ६० हजार बिरुवा रोप्न थालिएको हो ।

सामुदायिक वन समूहमा हरियाली प्रवर्धनसँगै वातावरण संरक्षण, भूक्षय नियन्त्रण र काठ उत्पादनका लागि डिभिजन वन कार्यालय घोराही अन्तर्गत दुई लाख ७० हजार र डिभिजन वन कार्यालय लमही अन्तर्गत एक लाख ९० हजार बिरुवा रोप्ने तयारी गरिएको छ । डिभिजन वन कार्यालय घोराहीका प्रमुख मोहन श्रेष्ठले वन समूहको खाली जग्गामा वृक्षरोपण गरेर हरियाली प्रवर्धनसँगै बाढी वातावरण संरक्षणका लागि बिरुवा रोप्न थालिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार घोराही, अम्बापुर र पुरन्धरामा रहेका नर्सरीमा बिरुवा तयार रहेका छन् ।

वन क्षेत्रमा हरियाली प्रवर्धन गर्दै उपभोक्ताका लागि आम्दानीसँग जोड्न काठ प्रजातिसँगै विभिन्न जडीबुटी बिरुवा रोप्न थालिएको प्रमुख श्रेष्ठले बताउनुभयो । कार्यालय प्रमुख श्रेष्ठले जिल्लामा पहाडी क्षेत्रका रूपमा रहेका बगलाचुली गाउँपालिकासँगै घोराहीको वडा नं. १९ मा टिमुर, तुलसीपुर उपमहानगरपालिका–१९ को छिल्लीकोटमा मालागेडीलाई प्राथमिकतामा राखेर क्षेत्र विस्तार गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

वनजन्य बिरुवासँगै जडीबुटीजन्य बिरुवालाई प्राथमिकता दिएर बिरुवा उत्पादन गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वनलाई आम्दानीसँग जोड्दै विकास गर्न एक हजारभन्दा बढी बिरुवा टिमुर र मालागेडी रोप्ने तयारी छ ।” नर्सरीमा हुर्काइएका बिरुवा निःशुल्क वितरण गरिने छ ।

नर्सरीमा अर्जुन, टिमुर, मालागेडी, अमला, जामुन, तेजपात, कपुर, शीतलचिनी, मसलालगायतका उत्पादन भएको जानकारी दिनुभएको छ । उत्पादन भएका बिरुवा रोप्न जिल्लाका विभिन्न सामुदायिक, निजी, धार्मिक वन समूहसँगै सर्वसाधारणले माग गरेको बताउनुभयो । उपभोक्ताको माग आएका ठाउँको निरीक्षण गर्ने र रोपिएका बिरुवा हुर्काउने र संरक्षण गर्ने ग्यारेन्टी गरेर मात्र बिरुवा दिने गरेको डिभिजन वन अधिकृत श्रेष्ठ बताउनुहुन्छ ।

डिभिजन वन कार्यालय लमही अन्तर्गत रहेका विभिन्न सामुदायिक वन क्षेत्रसँगै निजी नर्सरी र नदी तथा खोला उकास क्षेत्रमा वृक्षरोपणका लागि नयाँ एक लाख २० हजार र पुराना ७० हजार बिरुवार रहेको डिभिजन वन कार्यालय लमहीका वन अधिकृत रामगोपाल यादव बताउनुहुन्छ । वन अधिकृत यादवका अनुसार वृक्षरोपणका लागि अहिलेसम्म करिब एक लाख विभिन्न प्रजातिका बिरुवाको माग आइसकेको बताउनुभयो ।

यसैबिच राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा डिभिजन वन कार्यालय घोराहीले घोराही उपमहानगरपालिका–४ मा रहेको सुनपुर सामुदायिक वन उपभोक्ता समूहको खाली जग्गामा एक सय बिरुवा रोपेको छ ।

वन समूहको खाली एक हेक्टर क्षेत्रफलमा एक हजार छ सय अर्जुन जातका बिरुवा रोप्ने योजना अनुसार शुक्रवार एक सय बिरुवा रोपिएको डिभिजन वन कार्यालय घोराहीका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना केबलकार ५० दिन बन्द

वैदेशिक रोजगार व्यवसायी कम्पनीको नवीकरण अन्योल

छैन पहिरो रोक्ने दीर्घकालीन योजना

प्रधानमन्त्रीमा केपी शर्मा तीन वर्षपछि कमब्याक

देशभर बयालिस प्रतिशत रोपाइँ

रात्रिकालीन सवारी नचलाउने निर्णय

चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को–को हुँदै छन् मन्त्री ?

को बन्दैछ बाग्मतीमा मुख्यमन्त्री ?

दुई दशकपछि शैक्षिक पात्रो लागु गर्दै त्रिवि

चौथो पटक प्रधानमन्त्री बन्दै ओली, मन्त्री छान्न गठबन्धनको गृहकार्य

१४ बुँदे माग राखी २२ दिनदेखि आन्दोलन

सिमलतालमा भक्कानिरहेछन् बेपत्ताका आफन्त