सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महालेखा परीक्षकलाई संसद्ले सक्दो सहयोग गर्छ: सभामुख

२०८१ असार १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सभामुख देवराज घिमिरेले संघीय संसद्को तर्फबाट महालेखा परीक्षकको कार्यालयलाई आवश्यक सहयोग गर्ने विश्वास दिलाएका छन् ।

शनिबार महालेखा परीक्षकको ६६ औँ वार्षिकोत्सव समारोहमा उनले मुलुकको सार्वजनिक वित्तीय व्यवस्थापन, आर्थिक अनुशासन र स्रोत साधनको परिचालनका विषयमा अपेक्षित सुधार आवश्यक रहेको भन्दै त्यसमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन् ।

उनले भने, ‘मुलुकको सार्वजनिक वित्तीय व्यवस्थापन, आर्थिक अनुशासन, स्रोत साधनको परिचालन र स्थिति तथा सेवा प्रवाहलगायतका विषयमा देखिएका सुझाव कार्यान्वयन गरि अपेक्षित सुधार हुन जरुरी छ । संघीय संसद्को तर्फबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास दिलाउन चाहन्छु ।’

महालेखा परीक्षणको कार्यालयले वार्षिक प्रतिवेदनमार्फत उठाइएका विषयवस्तु तथा ब्यहोरालाई संघीय संसद्, प्रदेशसभा तथा गाउँ, नगरसभाले गम्भीरतापूर्वक नलिएको भन्दै यसमा सरोकारवाला निकायले ध्यान दिन आवश्यक रहेको बताए ।

उनले भने, ‘महालेखा परीक्षणको कार्यालयले वार्षिक प्रतिवेदनमार्फत उठाइएका विषयवस्तु तथा ब्यहोरालाई संघीय संसद्, प्रदेश सभा तथा गाउँ नगर सभाले गम्भीरतापूर्वक लिई प्रतिवेदन कार्यान्वयन विशेष ध्यान पुर्‍याउनुपर्नेमा विगतका प्रतिवेदन कार्यान्वयन नभई एकै प्रकृतिका ब्यहोरा बर्सेनि पुनरावृत्ति हुन नदिन सबै सरोकारवाला निकायले ध्यान दिनुपर्ने कुरा हो र अहिलेको जिम्मेवारी रहेको ठानेको छु ।’

राज्यको स्रोत, साधन र कोष सञ्चालन गर्ने सबै निकायले जिम्मेवारी र जबाफदेहिता बहन गर्दै वित्तीय अनुशासन पालनामा अग्रणी भूमिका निर्वाह गरि अनियमितता र बेरुजु हुनै नपाउने गरी काम गर्ने अपेक्षा राखेको उनको भनाइ छ ।

महालेखा परीक्षणले प्रस्तुत गर्ने प्रतिवेदन संसद्को सार्वजनिक लेखा समितिमा समेत छलफल गरि टुङ्गाउनुपर्ने भएकाले प्रतिवेदनमा समावेश हुने विषयवस्तुहरूको नियमित रूपमा छलफल गर्दै समयमा नै बेरुजुको विषय निरूपण गरि जबाफदेहिता अभिवृद्धि गर्न सभामुखको सुझाव थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जहाज दुर्घटनाबारे चिनियाँ र अमेरिकी राजदूतको ट्विट- दुखद घडीमा हामी नेपालको साथमा छौं

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

गुरुङ सम्पदा पदमार्ग घोषणा

प्रधानमन्त्री ओली विमानस्थलमा

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

मुख्यमन्त्री आचार्यः विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीसम्म

संक्रमणकालीन न्यायसम्बन्धि विधेयक: कार्यदलले आज टुङ्गो लगाउदै

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री आचार्यले लिए शपथ

ढुक्क भएर लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन आग्रह

सहज स्तरोन्नतिका लागि इजिप्टले सघाउने

‘न्यूनतम महसुल तिर्न नसकी लाइन काटिएका जनताका बारेमा पनि छलफल गरौँ ’