सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

युवालाई कृषि पेसामा आकर्षित गर्नुपर्छ : मुख्यमन्त्री कार्की

२०८१ असार १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ:  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले कृषि पेसाप्रति युवापुस्ताको आकर्षण वृद्धि गर्न विशेष जोड दिएको बताउनुभएको छ ।  मोरङको जहदा गाउँपालिका–३ मा आज आयोजित २१औँ राष्ट्रिय धान दिवस कार्यक्रममा  उहाँले युवाका लागि तालिम, अनुदान, कृषिमा आधुनिक प्रविधि, व्यावसायिकता र बजारीकरणमा विशेष ध्यान दिने नीति प्रदेश सरकारले लिएको छ भन्नुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशलाई कृषिउपजमा आत्मनिर्भर बनाउन विशेष योजनाका कार्य सुरु गरेको जानकारी दिँदै उत्पादकत्व वृद्धि गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “जलवायु परिवर्तनको असरका कारण कृषि उत्पादन घटेकाले यसबाट मानव जीवन कष्टकर बन्दै गएको छ ।  यसतर्फ हामी सबैले ध्यान दिनु जरूरी छ ।”सो अवसरमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा लेखराज दाहालले कृषि उत्पादन वृद्धि गर्न उन्नत जातको बीउ उत्पादन वृद्धि हुने विचार राख्नुभयो ।  कृषि विकास निर्देशनालय विराटनगरका प्रमुख प्रकाशकुमार डाँगी र जहदा गाउँपालिकाका अध्यक्ष जीतेन्द्र साहले कृषिमा आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

मानव बेचबिखनविरुद्ध चेतना जागृत गर्दै बाँकेका महिला

उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट ९० प्रतिशत मुद्दा फछ्यौट

खेम बतासको बुढीपोल्ली र रंगा बिष्ट नेगीको सवाल कृतिमाथि परिचर्चा

यस्तो छ काँग्रेसको मन्त्री छान्ने मापदण्ड

परराष्ट्रसचिव लम्साल र भारतीय प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेट

बन्दीप्रत्यक्षीकरण रिट खारेज: बालिकाको इच्छाको कदर

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

अक्षय कुमारलाई कोरोना संक्रमण

जनतामा आशाको सञ्चार जागृत गर्न नयाँ सत्तासमीकरण : एमाले नेता भट्टराई

उद्धार तथा खोजीमा सेना सक्रिय

सीता दाहालको स्मरणमा बालुवाटारमा श्रद्धाञ्जली कार्यक्रम