सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यन्वयनमा

२०८१ असार १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मानसिक स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना सम्बन्धी छलफलमा उहाँले पछिल्लो समयमा मानसिक समस्या भएका बिरामी बढ्दै गइरहेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “बालबालिका, वयस्क, ज्येष्ठ नागरिक सबै मानसिक समस्याबाट पीडित छन् । यसको प्रवर्धनात्मक, निरोधात्मक र प्रचारात्मक कार्यक्रम गर्नुपर्छ ।” मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना तयार गरिसकेको जानकारी दिनुभयो ।

सो सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न बजेट, योजना बनाएको बताउनुभयो । साथै कार्ययोजना अनुसार नै प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेशका युवा तथा बालबालिकाको विद्यमान अवस्थाबारे जानकारी गराउँदै मानसिक रोग विशेषज्ञ डा सुशील समदर्शीले पछिल्लो समय कर्णालीका बालबालिकामा पनि मानसिक स्वास्थ्यको समस्या चुनौतीका रूपमा देखापरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनचेतनाको अभावले अझै पनि झारफुक र धामीझाँक्रीको भरमा उपचार पर्नुपर्ने अवस्था छ ।” सिएमसी नेपालका प्राविधिक निर्देशक डा पशुपति महतले कर्णाली प्रदेशले मानसिक स्वास्थ्य समस्या समाधानका लागि पहिलो पटक कार्ययोजना बनाइ न्यूनीकरणका काम गर्न थालेकामा खुसी व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वर्षाको विपदमै १४५ जना स्वास्थ्य कर्मचारी कटौंती

स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय

पर्वतमा एचआइभीका सङ्क्रमित बढ्दै, क्षयरोगका घट्दै

कोशी प्रदेशका बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

भारतको गुजरातमा चण्डिपुरा भाइरसको आशङ्कामा चार बालबालिकाको मृत्यु

डेंगी संक्रमितको संख्या १५ सय नाघ्यो

सेवा विस्तार गर्दै आँबुखैरेनी अस्पताल

आँप खानु स्वास्थ्यका लागि निकै फाइदाजनक

दैलेखलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

जंगली च्याउ खाएका ससुरा बुहारीको स्वास्थ्य गम्भीर

के हामी हाम्रो मस्तिष्कको उमेर घटाउन सक्छौं ?

झापा पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा