सदाबहार खबरको रफ्तार ....
असार २९, २०८१ शनिबार
July 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन भोलिदेखि

२०८१ असार १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ :  नेकपा (एकीकृत समाजवादी) को आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना  हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।

महाधिवेशनका बारेमा  जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिनुभयो ।  ती दस्तावेज कम्युनिष्ट पार्टीकोे इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट पारित हुने वैचारिक दृष्टिकोण तथा कार्यक्रमका आधारमा नेतृत्व चयन गरिने जानकारी दिनुभयो । उहाँले नेतृत्वमा सहमति हुन नसके लोकतान्त्रिक पद्धतिबाट प्रक्रिया अगाडि बढाउनुपर्छ भन्नुभयो ।  महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् ।  ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको जनाइएको छ ।

महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । महाधिवेशनस्थललाई आकर्षक बनाउन सिगारिएको छ ।  करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ ।  एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राजनीतिक समीकरण फेरिँदा माओवादीलाई सबैभन्दा धेरै क्षति लुम्बिनीमा

देउवा र ओलीसहितका शिर्ष नेता शीतल निवासमा

समृद्धिका लागि राजनीतिक नेतृत्वलाई सकारात्मक दबाब दिन जरुरी : इश्वर पोखरेल

सरकारमा दाबी पेश गर्न देउवा र ओली हस्ताक्षर गरेर तयारी अवस्थामा

देश र जनताको समस्या समाधान हुनुपर्छ : सांसद सुवाल

राजनीतिक अस्थिरताले समस्या समाधान हुँदैन : सांसद केसी

प्रधानमन्त्रीले आत्मसमीक्षा गर्नुपर्छ : सांसद यादव

दुई पार्टीबीचको सहमतिमा आशङ्का छः उपप्रधानमन्त्री लामिछाने

मेटमणिको प्रचण्डलाई सुझाव- देउवासँग सम्बन्ध नबिगार्नु होला, चार महिनापछि तपाइँ नै आउने हो

गृहमन्त्रीले सुशासनका कुरा गरेर संसदमा झुटो बोल्नुभयो- ज्ञानेन्द्र शाही

प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपा संसदिय दलको निर्णय

राजनीतिक स्थायित्वका लागि नयाँ समीकरण