सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काठमाडौं वल्ड स्कुलमा असारे मेलाः रमाए कक्षा ११ मा पढ्ने विद्यार्थी

२०८१ असार १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुरले शनिबार स्कुलमा असारे मेला ओपन हाउस २०२४ गरेको छ । कार्यक्रममा कक्षा ११ मा भर्ना हुने विद्यार्थी रमाए ।

स्कुल रहेको जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा विद्यार्थी विहान ११ बजेदेखि दिनभर रमाएका थिए । साँंझ भएको सांगितिक कार्यक्रममा अत्याधिक विद्यार्थीको उपस्थिति थियो । त्यसमा विद्यार्थी झुमेका थिए ।

स्कुलकोबारेमा अभिभाबक तथा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले कार्यक्रम गरेको जनाइयो । अझ विशेष गरेर एसइई उतीर्ण विद्यार्थी र उनका अभिभावकहरुलाई स्कुलको शिक्षाबारे जानकारी दिने उद्देश्यका साथ कार्यक्रम गरेको जनाइयो ।

कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था थियो । कार्यक्रममा क्रममा विभिन्न स्टलहरु रहेका थिए । त्यहाँं स्कुलले दिने सवै प्रकारका सेवाबारे अवलोकनकर्ताहरुलाई जानकारी दिइएको थियो । आफूहरुले जीवनमा आइपर्ने अनेक समस्या समाधान गर्नसक्ने गरी जीवन बुझाउने शिक्षा दिइरहेको स्कुलको भनाई थियो ।

त्यहाँं खेल तथा मनोरञ्जनात्मक कार्यक्रम पनि थियो । विद्यार्थीहरु विभिन्न खेलहरुमा रमाएका थिए । स्कुलको कक्षाकोठादेखि अन्य सेवासुविधा तथा भौतिक संरचना देखाउन तथा मनारञ्जन दिलाउन कार्यक्रमको आयोजना गरिएको जनाइयो ।

कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुरसहित उपत्यका बाहिरका विभिन्न जिल्लाका विद्यार्थीहरु सहभागी भएको बताइयो । कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीलाई स्कुलले निःशुल्क बसको व्यवस्था गरेको थियो । काठमाडौंको विभिन्न ठाउँंहरुबाट विद्यार्थीलाई ल्याउने लैजाने व्यवस्था स्कुलले मिलाएको थियो ।

कार्यक्रममा सहभागी हुन आएकी एकजना विद्यार्थीले स्कुलको भौतिक संरचना राम्रो लागेको बताइन् । उनले यहाँंका भव्य भौतिक संरचनाले आफूलाई आकर्षित बनाएको बताइन् । ठूलो क्षेत्रफलमा फैलिएको स्कुल शान्त वातावरणमा छ ।

स्कुल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा रहेको छ । यो ठाउँं अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक चोकबाट करिव दुई किलोमिटर दक्षिण गुण्डु चोक जाने बाटैमा रहेको छ । यहाँं पुग्न कालोपत्रेसहितको फराकिलो बाटो छ । ठूलो क्षेत्रफलमा फैलिएको यो ठाउँंमा स्कुलका दर्जनौ भव्य भबनहरु रहेका छन् ।

स्कुलमा विज्ञान र व्यवस्थापन संकायमा सिमिति सिटमा विद्यार्थी भर्ना लिइन्छ । यहाँं सुविधासम्पन्न स्विमिंग पुलसहितको होस्टेलको पनि व्यवस्था रहेको छ । स्कुल चौधरी ग्रुपको लगानीमा सञ्चालित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नयाँ शिक्षा ऐन निर्माण प्राथमिकतामाः शिक्षामन्त्री भट्टराई

हजुरआमाहरुको पढ्ने हुटहुटीः “पढाइ बुझेपछि छोड्नै मन छैन”

भोलिका लागि तय भएको त्रिभुवन विश्वविद्यालयको सभा स्थगित

कर्णालीका १० जिल्लामा धमाधम निर्माण हुँदै विद्यालयका भौतिक संरचना

स्नातक तह बिआईसिटिईमा नयाँ भर्नाका लागि आवेदन माग

त्रिभुवन विश्वविद्यालयमा स्मृति कोष निर्माण

साल्पासिलिछोद्वारा नि:शुल्क प्राविधिक शिक्षा

संस्कृत विश्वविद्यालयका रजिष्ट्रार अधिकारीको जिम्मेवारी खोसियो

‘मेयर छात्रवृत्ति’ वितरण

सयभन्दा कम विद्यार्थी भएका सरकारी विद्यालय बढी

बालीविज्ञान पढ्ने विद्यार्थी खोज्दै विद्यालय

एसइई सकेका विद्यार्थीलाई सुझाव : ‘आफूभित्रको क्षमता पत्ता लगाउनुस्’