सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

देउवा र ओलीबीच बालकोटमा अर्थपूर्ण भेटवार्ता

२०८१ असार १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

शनिबार अपरान्ह ओली निवास बालकोट पुगेका देउवाले ओलीसँग समसामयिक विषयमा छलफल भएको बताइएको छ।

देउवासँगै ओली निवासमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा पत्नी आरजु राणा पनि पुगेकी थिइन्। सत्ता समीकरणमा विभिन्न विषयमा विवाद बढिरहेका बेला देउवा र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

दुई नेताबीच वान टु वान भेटवार्तामा भएको विषयमा केही पनि सार्वजनिक भएकाे छैन।

पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यको बारेमा दुवै दलका दोस्रो तहका नेताहरुले नेतृत्वसमक्ष दबाब सिर्जना गरेका छन् । ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सम्बन्ध चिसिएको चर्चा चलेको छ ।

बजेटको विषयमा ओलीले सार्वजनिक रुपमै आलोचना गर्नुले पनि प्रधानमन्त्री दाहालसँग उनको सम्बन्ध चिसिएको भनेर आँकलन गरिएको थियो ।

यता, प्रधानमन्त्री दाहालले भने ओलीसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै गठबन्धन चुनावसम्मै कायम रहने दाबी गर्दै आएका छन् । आज भएको ओली र देउवाबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओली सरकारको पहिलो मन्त्रिपरिषदले के के निर्णय गर्यो ?

नवनियुक्त मन्त्रीहरुद्वारा बिपीको सालिकमा माल्यार्पण

उपप्रधानमन्त्री सिंहद्वारा पदभार ग्रहण

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिनुहुने

फेरी मन्त्री बने शरतसिंह भण्डारी

तेस्रो कार्यकालमा देश र जनताको सेवामा समर्पित हुने अवसर पाए- प्रचण्ड

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

माधव नेपाल प्रधानमन्त्रीको शपथ समारोहमा अनुपस्थित

प्रकाशमान सिंह र विष्णु पौडेल बने उपप्रधानमन्त्री

मोदीले दिए प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना

प्रधानमन्त्री ओलीसहित दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ

काँग्रेसबाट को को बन्दै छन् मन्त्री ?