सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इरानमा राष्ट्रपतिको लागि दोस्रो चरणमा पेजेस्कियान र जलीली भिड्ने

२०८१ असार १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः इरानमा राष्ट्रपति चयनको लागि दोस्रो चरणको मतदान हुने भएको छ । चार उम्मेदवार प्रतिष्पर्धामा रहेको यस निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि जुलाई ५ मा दोस्रो चरणको मतदान हुने भएको हो ।

राष्ट्रपतीय निर्वाचनमा समाज सुधारक मसुद पेजेस्कियान र कट्टरपन्थी सईद जलिलीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

तेहरान टाइम्सका अनुसार मसुद पेजेस्कियानले कुल ४२.४३ प्रतिशत मत प्राप्त गरेका छन् भने जलिलीले ३८.६ प्रतिशत मत प्राप्त गरेका छन् ।  त्यस्तै मोहमद बाकेर क्वालिबाफले १३.७७ प्रतिशत मत प्राप्त गरेका छन् भने मोस्ताफा पोउरमोमदीले ८. ३९ प्रतिशत मत प्राप्त गरेका थिए ।

इरानी कानुन अनुसार कुनै पनि उम्मेदवारले चुनावमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेन भने दोस्रो चरणको निर्वाचन जून व्यवस्था छ । अब सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवार पेजेस्कियान र जलीलीबीच प्रतिस्पर्धा हुने भएको छ ।

मे महिनामा इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि इरानमा राष्ट्रपतिको निर्वाचन भएको हो । राष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार मतदान भएको थियो ।

तर, निर्वाचनमा करिब ४५–५३ प्रतिशत मतदान भएकाले निर्वाचनप्रति जनतामा खासै उत्साह देखिएको थिएन । यो इब्राहिम रायसी राष्ट्रपति निर्वाचित हुँदा अघिल्लो चुनावमा ४८.८ प्रतिशतको तुलनामा चार दशकमा इरानको राष्ट्रपति चुनावमा सबैभन्दा कम मतदान थियो । मार्च र मेमा भएको संसदीय निर्वाचनमा पनि ४१ प्रतिशत मात्रै मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्रम्पमाथिको गोली प्रहारले राष्ट्रपति निर्वाचनको माहोल परिवर्तन हुदै

चीन र रुसले प्रशान्त महासागरमा संयुक्त सैन्य गस्ती गर्ने

भाजपाले डिसेम्बरसम्ममा नयाँ राष्ट्रिय अध्यक्ष नियुक्त गर्ने

चुनावी सभालाई सम्बोधन गरिरहेका ट्रम्पमाथि गोली प्रहार, विश्वभरका नेताद्वारा निन्दा

ट्रम्पमाथि गोली प्रहार: गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

म्याग्दीको अर्जेखोलामा बन्यो मोटर चल्ने पुल

मस्कले ट्रम्पलाई ठुलो रकम चन्दा दिएको खुलासा

चुनावी र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार

उत्तर इराक र सिरियामा सैन्य कारबाही अन्त्य भएको टर्कीएका राष्ट्रपति एर्दोगानको घोषणा

जासुसीको आरोप ‘फिर्ता लिन’ अष्ट्रेलियाका प्रधानमन्त्रीको आग्रह

डब्ल्यूएचओद्वारा मलावीलाई ९० लाख अमेरिकी डलर बराबरको मेडिकल आपूर्ति सहयोग

ट्रम्पको फेसबुक र इन्स्टाग्रामको प्रतिबन्ध हट्यो