सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘कला, साहित्यमा मदन भण्डारी’ विमोचित

२०८१ असार १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपाल र मकालु प्रकाशन गृहले जननेता मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीका अवसरमा ‘कला साहित्यमा मदन भण्डारी’ ग्रन्थ प्रकाशनमा ल्याएको छ । महासङ्घद्वारा शनिबार आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले उक्त कृति विमोचन गर्नुभएको हो ।

बहुआयामित व्यक्तित्व भण्डारीका रचना तथा कला साहित्यमा उहाँले दिएका सिर्जना र योगदालाई समेटेर विज्ञ एवं समालोचकहरूबाट लिखित अनुसन्धानमूलक सामग्री उक्त ग्रन्थमा राखिएका छन् । सोही अवसरमा महासङ्घद्वारा प्रकाशित ‘मदन’ शोककाव्यको दोस्रो संस्करणको लोकार्पण पनि गरिएको थियो ।

नेता ज्ञवालीले आवश्यक परेमा पद होइन, जीवन नै बलिदान गर्ने उद्घोष गर्ने नेपाली राजनीतिका अत्यन्त सुस्पष्ट वक्ताको छवि मदन भण्डारीले निर्माण गरेको र छोटो जीवन बाँचेका कारण कला, साहित्य र संस्कृतिका बारेमा उहाँले थोरै तर महत्त्वपूर्ण एवं रुपान्तरणकारी रचना पस्किएको बताउनुभयो ।

एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले ‘माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने विचारका प्रणेता, वर्गीय र जनमुखी प्रजातन्त्रका पक्षधर र नेपाल राष्ट्रले खोजेको नेताका रूपमा विश्वमा परिचित स्वर्गीय भण्डारीले कला साहित्यमा पनि उत्तिकै योगदान दिएको बताउनुभयो ।

महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले आगामी दिनमा ‘जबज र समृद्ध नेपाल सुखी नेपाली’ शीर्षकमा बृहत्तर ग्रन्थ प्रकाशन गर्नेसमेतको सोच रहेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘नेपालको लोकतन्त्रको यात्रा कतातिर ?’ पुस्तक लोकार्पण

वरिष्ठ पत्रकार मिश्रा नगदसहित सम्मानित

आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने

इश्वरीका दुई कृति ‘अर्पण’ र ‘कसको आँखा लाग्यो’ एकसाथ लोकार्पण

‘विश्वविख्यात वैदिक वैज्ञानिक’को दोस्रो संस्करण बजारमा

लघुकथा सङ्ग्रह सनेसको विमोचन

सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक विमोचन

अमेरिकामा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ लोकार्पण

सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै

पूर्वप्रधानमन्त्री भट्टराईद्वारा विप्लवको ‘एन्टिथेसिस’ पुस्तक विमोचन

‘फर्केर हेर्दा’ पुस्तक सार्वजनिक

घनश्याम कँडेलको साहित्यसाधना सार्वजनिक