सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मकवानपुरका १६ विद्यालयमा एसईई नतिजा शून्य

२०८१ असार १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाणडौः मकवानपुर जिल्लाको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चिन्ताजनक स्थिति देखिएको छ।

जिल्लाका १६ वटा विद्यालयहरूमा एसईई नतिजा शून्य रहेको छ, जसमध्ये अधिकांश ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरू रहेका छन्। विशेष गरी, कैलाश गाउँपालिकाको स्थिति गम्भीर देखिएको छ। यहाँका एक सय ९९ विद्यार्थीमध्ये केवल ११ जना मात्र उत्तीर्ण भएका छन्। कालीदेवी माविर र रत्न ज्योती माविमा त एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्।

जिल्लाका ९ वटा पालिकाका १५ वटा सामुदायिक माध्यमिक विद्यालय र हेटौंडा उपमहानगरपालिकाको एक संस्थागत विद्यालयको नतिजा शून्य आएको छ। यस्तो परिणामले ग्रामीण क्षेत्रमा संचालित ११ कक्षाको पढाईमा समेत असर पर्ने देखिएको छ।

समग्रमा, मकवानपुर जिल्लाबाट एसईईमा सहभागी ५,७५२ परीक्षार्थीमध्ये २,०९८ जना (३६.४७ प्रतिशत) मात्र ११ कक्षा भर्ना हुन योग्य भएका छन्। यो तथ्यांकले जिल्लाको शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्ने आवश्यकता रहेको देखाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नयाँ शिक्षा ऐन निर्माण प्राथमिकतामाः शिक्षामन्त्री भट्टराई

हजुरआमाहरुको पढ्ने हुटहुटीः “पढाइ बुझेपछि छोड्नै मन छैन”

भोलिका लागि तय भएको त्रिभुवन विश्वविद्यालयको सभा स्थगित

कर्णालीका १० जिल्लामा धमाधम निर्माण हुँदै विद्यालयका भौतिक संरचना

स्नातक तह बिआईसिटिईमा नयाँ भर्नाका लागि आवेदन माग

त्रिभुवन विश्वविद्यालयमा स्मृति कोष निर्माण

साल्पासिलिछोद्वारा नि:शुल्क प्राविधिक शिक्षा

संस्कृत विश्वविद्यालयका रजिष्ट्रार अधिकारीको जिम्मेवारी खोसियो

‘मेयर छात्रवृत्ति’ वितरण

सयभन्दा कम विद्यार्थी भएका सरकारी विद्यालय बढी

बालीविज्ञान पढ्ने विद्यार्थी खोज्दै विद्यालय

एसइई सकेका विद्यार्थीलाई सुझाव : ‘आफूभित्रको क्षमता पत्ता लगाउनुस्’