सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रशासन कार्यालयभित्र सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष सञ्चालन

२०८१ असार १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष स्थापना गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै आज प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले कक्षको उद्घाटन गर्नुभएको हो ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राही तथा सर्वसाधारणलाई लक्षित गर्दै प्रशासन कार्यालय परिसरमै सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याइएको प्रजिअ लम्सालले बताउनुभयो ।

यस कार्यक्रमले सेवाग्राही र जिल्ला प्रशासन कार्यालयसँगको सम्बन्ध सकारात्मक भएको महसुस गरेको उहाँले बताउनुभयो । यो कार्यक्रमअन्तर्गत  लैङ्गिक  हिंसा, बालविवाह र लागुऔषध दुव्र्यसनलगायत समस्या न्यूनीकरण गर्ने विषयमा सेवाग्राहीसँग छलफल गरिरहेको लम्सालले जानकारी दिनुभयो ।

कार्यक्रम प्रभावकारी बन्दै गएका बेलामा सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर निरन्तर सेवा दिनेगरी स्वास्थ्य परीक्षण गरिने भएको हो । प्रशासनमा सेवा लिन आएकी ८४ वर्षीया काली कुँवरको स्वास्थ्य जाँच गरेर अभियानको शुभारम्भ गरिएको हो ।

सेवा लिन आएका सेवाग्राहीलाई न्यूनतम जाँचसहित औषधि उपचार गरिने र सोमबारदेखि निरन्तर मधुमेह परीक्षणसमेत गरिने जिल्ला स्वास्थ कार्यालयका प्रमुख झनकराज ढुङ्गानाले बताउनुभयो ।

सेवाग्राहीको स्वास्थ्य जाँचका लागि जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, मङ्गलसेन नगरपालिकालगायतका स्थानीय तहबाट प्राविधिक सहयोग रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वर्षाको विपदमै १४५ जना स्वास्थ्य कर्मचारी कटौंती

स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय

पर्वतमा एचआइभीका सङ्क्रमित बढ्दै, क्षयरोगका घट्दै

कोशी प्रदेशका बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

भारतको गुजरातमा चण्डिपुरा भाइरसको आशङ्कामा चार बालबालिकाको मृत्यु

डेंगी संक्रमितको संख्या १५ सय नाघ्यो

सेवा विस्तार गर्दै आँबुखैरेनी अस्पताल

आँप खानु स्वास्थ्यका लागि निकै फाइदाजनक

दैलेखलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

जंगली च्याउ खाएका ससुरा बुहारीको स्वास्थ्य गम्भीर

के हामी हाम्रो मस्तिष्कको उमेर घटाउन सक्छौं ?

झापा पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा