सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राप्रपा नेपालमा समाहित भयो नेपाल जनता पार्टी

२०८१ असार १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरु एकै ठाउँमा उभिएर देशलाई निकास दिने समय आएको बताएका छन् ।

आज नेपाल जनता पार्टी धिरेन्द्र झा समुहलाई पार्टीमा समाहित गर्दै अध्यक्ष थापाले तराई मधेस क्षेत्रमा पार्टीलाई बलियो बनाउन यो समायोजन महत्त्वपूर्ण कोशेढुङ्गा हुने समेत दाबी गरे । कार्यक्रममा बोल्दै नेपाल जनता पार्टीका  उपाध्यक्ष धिरेन्द्र झाले एजेन्डा स्थापित गर्नको निमित्त कमल थापाको नेतृत्व आबश्यक भएकोले राप्रपा नेपालमा समाहित भएको बताए । आज आयोजित घोषणा सभामा सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो ।

सहमतिपत्रमा देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक एवं सम्बर्धनवादी शक्ति निर्माण गर्ने उदेश्यका साथ नेपाल जनता पार्टी श्री धिरेन्द्र झा समुह आज २०८१ असार १६ गतेबाट राप्रपा नेपालमा समाहित भएको, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, संबैधानिक राजसंस्थासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पुर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्रको स्थापनाको निम्ति आगामि दिनमा मन, बचन र कर्मले सशक्तरुपमा क्रियाशील रहने हामी प्रतिवद्धता व्यक्त गर्दछौ भनी उल्लेख गरिएको छ ।

राष्ट्रियता, प्रजातन्त्र र सम्बर्धनवाद पार्टीको आधारस्तम्भ हुने, सम्बर्द्धनवादको बैचारिक धरातलमा सुशासनको माध्यमबाट मुलुकको सर्वाङ्गिण आर्थिक बिकास र समृद्धि हाम्रो साझा लक्ष्य हुनेछ । सामाजिक न्याय, समानता, समावेशिता एवं मधेस, पहाड र हिमालको समानुपातिक बिकास हाम्रो प्राथमिकता रहने  तथा सुशासनको माध्यमबाट भ्रष्टाचारको अन्त्य तथा कृषी, पर्यटन एवं उद्योग व्यवसायको प्रवर्द्धनद्वारा देशभित्र रोजगारीको अवसर सिर्जना गर्न हामी प्रयत्नशील रहने बताईएको छ ।

सहमती अनुसार राप्रपा नेपालमा समाहित भएको नेपाल जनता पार्टीका उपाध्यक्ष  धिरेन्द्र झा राप्रपा नेपालके उपाध्यक्ष पदमा रहनु हुनेछ । साथै योग्यता, क्षमता र प्रभावकारिता हेरि पदाधिकारी ,केन्द्रिय सदस्य , बिभाग, क्षेत्रीय समन्वय समिति, जिल्ला र अन्य स्थानिय तहहरुमा सम्माननजनक जिम्मेवारी र भुमिका प्रदान गरिने सहमती भएको राप्रपा नेपाल केन्द्रिय सचिबालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड

बिआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी छन्ः परराष्ट्रमन्त्री डा राणा

विमान दुर्घटना हृदयविदारक र अकल्पनीय- प्रधानमन्त्री ओली

बागमती प्रदेश प्रमुख शर्माद्वारा मुख्यमन्त्री लामाको शपथ ग्रहण, आजै मन्त्रिपरिषद् विस्तार

सुशासनको पक्षमा विजेता भएर सरकारबाट बाहिरिएका छौँ : अध्यक्ष दाहाल

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

लुम्बिनी एमाले संसदीय दलको नेताबाट गिरीले दिए राजीनामा

नेकपा एसको केन्द्रीय कमिटी बैठक बिहीबार

लुम्बिनीमा कांग्रेस-एमालेले टुंगाए नयाँ मन्त्रीको नाम, आजै शपथ हुने

बागमतीको मुख्यमन्त्री नियुक्त लामा को हुन् ?

नियमअनुसार नै विद्युत बक्यौता उठाइन्छ : प्रधानमन्त्री

परराष्ट्रमन्त्रीसँग क्यानडाका गैरआवासीय राजदूतको भेट