सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा खर्च गरिएको अर्थमन्त्रीद्वारा जानकारी

२०८१ असार १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाउन सरकार सचेत रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफाबार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाएर रोजगारी वृद्धिमार्फत् समृद्धि हासिलको यात्रामा सरकार अग्रसर भएको बताउनुभयो ।

मन्त्री पुनले वित्त आयोगको सिफारिसका आधारमा खर्च परिचालन तथा ऋण व्यवस्थापन गर्दै आएको जानकारी गराउँदै विकास सहायता कार्यक्रम सम्झौता गर्दा कार्यान्वनसम्बन्धी योजनासँगै समावेश गर्ने नीति लिइएको स्पष्ट गर्नुभयो । उहाँले राजस्व परिचालबाट मात्रै खर्च व्यवस्थापन गर्न नसकिएकाले आन्तरिक र बाह्य ऋण लिनुपरेको उल्लेख गर्दै सार्वजनिक ऋण वाञ्छनीय सीमाभित्रै रहेको छ जनाउनुभयो । उहाँले नयाँ विकास साझेदार नीति लिइएको पनि अवगत गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्छ- अर्थमन्त्री पौडेल

अर्थमन्त्री र सिबिफिनबीच दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल

ओझेलमा १२ बण्ड १८ खण्डको रामारोसन ताल

ट्राफिक कारबाहीबाट १७ करोड राजस्व सङ्कलन

नेप्से परिसूचक २७ अङ्कले घट्यो

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७३ प्रतिशत

६ वटा उद्योगको विद्युत लाइन जोडिदिने प्राधिकरणको निर्णय

आज नेप्से ७५ अंकले बढ्यो

२५ सय अंक पार भयो नेप्से

निफ्राको १० लाख कित्ता सेयर लिलामी बिक्री खुला