सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ओलीलाई प्रधानमन्त्री बन्न देउवाले प्रस्ताव गरेपछि आत्तिए प्रचण्ड

२०८१ असार १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘प्रधानमन्त्री बन्न’ प्रस्ताव गरेका छन् । देउवाको यस्तो प्रस्तावले अहिले राजनीतिमा तरंग ल्याएको छ ।

गठबन्धन हेरफेरको कसरतमा शीर्ष नेता

शनिबार ओली निवास पुगेका देउवाले यस्तो प्रस्ताव गरेको स्रोतको दाबी छ । कांग्रेस नेतृसमेत रहेकी श्रीमती आरजु राणा देउवासहित पुगेका देउवाले बालकोटमा लामो छलफल गरेका थिए । ‘पछिल्लो राजनीतिका ’बारेमा छलफल भयो,’ स्रोतले भन्यो, ‘देउवाले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन्, तर ओलीले दुई–तीन दिनमा छलफललाई निरन्तरता दिँदै निष्कर्षमा पुगौं भन्नुभयो ।’

ओली र देउवाबीच भएको गोप्य छलफलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले तनावमा रहेका छन् । प्रधानमन्त्री प्रचण्ड काठमाडौंबाहिर रहेका बेला ओली र देउवाबीच छलफल भएको थियो । काठमाडौं आउनेबितिकै प्रचण्डले ओलीलाई भेट्ने प्रस्ताव गरे ।

प्रचण्डकै प्रस्तावमा आइतबार सिंहदरबारमा छलफल भयो । प्रचण्ड र ओलीबीच लामो समय छलफल भएको थियो । बीचमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने पनि मिसिएका थिए ।

‘भेटमा देउवासँग के छलफल भयो ? के कुराकानी भयो ?’ भन्ने जिज्ञसा प्रचण्डले ओलीसँग राखेका थिए । जवाफमा ओलीले देउवासँग सामान्य भेटवार्ता भएको र सत्ता गठबन्धनमा कुनै तलमाथि नहुने जवाफ दिएका थिए । टीआरसीसहित पछिल्लो राजनीतिका ’बारेमा सामान्य छलफल मात्रै भएको ओलीको जवाफ भए पनि माओवादी केन्द्रका नेताहरू यसमा सन्तुष्ट छैनन् । आत्तिएका माओवादी केन्द्रका नेताहरूको बुझाइमा एमाले र कांग्रेसले मिलेर अहिलेको गठबन्धन भत्काउने र नयाँ गठबन्धन बनाएर सरकार बनाउने आँकलन छ ।

एमाले नेताहरूसँग ओली र देउवाबीच के छलफल भएको भन्ने ’बारेमा कुरा बुझ्न प्रचण्डले अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मालाई खटाएका छन् । माओवादी केन्द्र र एमाले दुवैसँग दोहोरो छलफलमा रहेका देउवा संघीय सरकारका साथै प्रदेश सरकारमा सहभागी हुन गठबन्धन फुटाउनेगरी लागेका छन् ।

सिंहदरबारमा भएको छलफलमा ओलीले कांग्रेससँग सहकार्य नहुने र अहिलेकै गठबन्धन २०८४ सालको निर्वाचनसम्मै रहने बताएका थिए । उनले अहिलेको गठबन्धन कसिलो बनाउनुपर्नेमा जोड दिए । तर, पछिल्लो समय प्रचण्डसँग असन्तुष्ट ओलीले विभिन्न कारणले गठबन्धन हेरफेर गर्न खोजेका छन् । राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एक वर्षमा साढे तेह्र हजारभन्दा बढी राहदानी वितरण

द्वन्द्वकालीन मुद्दामा ७५ प्रतिशतसम्म सजाय छुट दिलाउने तयारी

गुठी संस्थानले सर्वोच्चलाई किन टेरेन ?

जयमाला मृत्यु प्रकरणः २ महिना देखि न्यायका लागी भौंतारिदै आफन्त

उद्योगमा विद्युत् आपूर्ति सुचारु

गण्डकीमा सरकार पुनर्गठनको तयारी

रोकिएन विमानस्थलबाट हुने मानव तस्करी

पूर्वराज्यमन्त्री रायको हत्या, प्रहरी सुराकविहीन

विश्वका १३४ वटा मुलुकसँग साढे १४ खर्बको व्यापार घाटा

प्रतिनिधिसभा बैठकः प्रधानमन्त्री ओलीसँग पूर्वअर्थमन्त्री पुनको भनाभन

तलब समायोजनको गृहकार्य

त्रिविमा पनि मौका परीक्षा