सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

युरोकपमा आज फ्रान्स र बेल्जियम खेल्दै

२०८१ असार १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  जारी युरोकपको नक आउट चरणमा आज फ्रान्स र बेल्जियमबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदै छ ।

समुह चरणमा फ्रान्स समुह डी मा दोस्रो हुदै नक आउट चरणमा पुगेको हो । फ्रान्सले ३ खेलमा एक जित र २ खेल बराबरी खेलेको थियो । फ्रान्सले पहिलो खेलमा अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा नेदरल्याण्डससँग गोल रहित बराबरी खेलेको थियो भने तेस्रो खेलमा पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो ।

त्यस्तै बेल्जियम समुह चरणमा समुह ई मा तेस्रो हुदै नक आउट चरणमा पुगेको हो । बेल्जियमको ३ खेलमा एक जित एक बराबरी र एक हार बेहोरेको थियो । बेल्जियमले पहिलो खेलमा स्लोभाकियासँग १-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा युक्रेनसँग गोल रहित बराबरी खेलेको थियो ।

फ्रान्सले अहिलेसम्म १९८४ र २००० गरी दुई पटक युरोकपको उपाधि जितेको छ भने २०१६ मा उपविजेता बनेको थियो । त्यस्तै बेल्जियमले भने अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन । बेल्जियम १९८० मा फाइनलमा पुगेर पराजति भएको थियो ।

फ्रान्स र बेल्जियमबीच अहिलेसम्म ७५ खेल भएका छन् । जसमा फ्रान्सले २६ खेल जितेको छ र बेल्जियमले ३० खेल जितेको छ । त्यस्तै १९ खेल बराबरी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कोपा अमेरिकाको फाइनल खेल किन शुरु हुन सकेन ?

स्पेनले जित्यो युरोकपको उपाधि

रोहित र दीपेन्द्रले क्यारेबियन लिग खेल्ने

पाकिस्तानलाई हराउँदै भारतलाई ‘वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्स’

कोपा अमेरिकामा तेस्रो भयो उरुग्वे

कोपा अमेरिकामा तेस्रो भयो उरुग्वे

युरोकपको फाइनलमा आजराती स्पेन र इङल्याण्डको भिडन्त

अल्काराज विम्बल्डन पुरुष सिंगलको फाइनलमा

कोलम्बियाका फ्यानलाई कुटेको आरोपमा उरुग्वेका खेलाडीमाथि अनुसन्धान शुरु

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशी प्रदेशलाई

भक्तपुरमा चारदिने खेलकुद सप्ताह सुरु

एम्बाप्पेलाई रियल म्याड्रिडले जुलाई १६ मा प्रस्तुत गर्ने