सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दक्षिण अफ्रिका : राष्ट्रपति रामाफोसाद्वारा गठबन्धन सरकार गठनको घोषणा

२०८१ असार १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले विभिन्न राजनीतिक दलका मन्त्रीहरू सम्मिलित नयाँ राष्ट्रिय कार्यकारी मन्त्रीमण्डलको आइतबार घोषणा गर्नुभएको छ ।

प्रमुख विपक्षी दलले थप मन्त्रीपदको माग गरेपछि लामो वार्ता लगभग असफल भएको अनुमानहरू भइरहेका समय राष्ट्रपति रामाफोसाले अन्ततः लामो समयदेखि प्रतिक्षा गरिएको संयुक्त सरकार गठन प्रस्तावको घोषणा गर्नुभएको हो ।

गत जुन १९ मा रामाफोसाले आफ्नो दोस्रो कार्यकालका लागि सपथ लिएको एक साताभन्दा बढी समयपछि यो घोषणा गरिएको हो । निर्वाचन उहाँको दल अफ्रिकन नेशनल कङ्ग्रेस (एएनसी) ले सरकार गठनका लागि आवश्यक बहुमत ल्याउन असफल भएपछि एएनसीले तीन दशकमा पहिलो पटक सत्ता साझेदारी गर्न बाध्य भएको छ ।

एएनसीले डेमोक्र्याटिक एलायन्स (डीए), इन्काथा फ्रिडम पार्टी, अजानियाको पान अफ्रिकनिस्ट काङ्ग्रेसजस्ता १० विपक्षी पार्टीहरू मिलेर संयुक्त सरकारको गठन भएको हो ।

रामाफोसाले अबेर राति टेलिभिजनमा सम्बोधन गर्दै अर्थतन्त्र र सरकारको स्थायित्व नयाँ मन्त्रीमण्डलका लागि सबैभन्दा ठूलो चिन्ताको विषय हुने बताउनुभएको थियो ।

“आगामी सरकारले तीव्र, समावेशी र दिगो आर्थिक वृद्धि र गरिबी र असमानताको सामना गर्दै न्यायपूर्ण समाजको निर्माणलाई प्राथमिकता दिनेछ,” राष्ट्रपति रामाफोसाले नयाँ सरकारमा मन्त्रीमण्डलको घोषणा गर्दै भन्नुभयो।

हालैको चुनावमा २१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको डीएलाई छ वटा मन्त्री दिइएको छभने पार्टीका नेता ४८ वर्षीय जोन स्टेनहुसेनलाई कृषिमन्त्री नियुक्त गरिएको छ । केही साना दलले पनि आफ्ना नेतालाई मन्त्रीमा देख्न पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्रम्पमाथिको गोली प्रहारले राष्ट्रपति निर्वाचनको माहोल परिवर्तन हुदै

चीन र रुसले प्रशान्त महासागरमा संयुक्त सैन्य गस्ती गर्ने

भाजपाले डिसेम्बरसम्ममा नयाँ राष्ट्रिय अध्यक्ष नियुक्त गर्ने

चुनावी सभालाई सम्बोधन गरिरहेका ट्रम्पमाथि गोली प्रहार, विश्वभरका नेताद्वारा निन्दा

ट्रम्पमाथि गोली प्रहार: गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

म्याग्दीको अर्जेखोलामा बन्यो मोटर चल्ने पुल

मस्कले ट्रम्पलाई ठुलो रकम चन्दा दिएको खुलासा

चुनावी र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार

उत्तर इराक र सिरियामा सैन्य कारबाही अन्त्य भएको टर्कीएका राष्ट्रपति एर्दोगानको घोषणा

जासुसीको आरोप ‘फिर्ता लिन’ अष्ट्रेलियाका प्रधानमन्त्रीको आग्रह

डब्ल्यूएचओद्वारा मलावीलाई ९० लाख अमेरिकी डलर बराबरको मेडिकल आपूर्ति सहयोग

ट्रम्पको फेसबुक र इन्स्टाग्रामको प्रतिबन्ध हट्यो