सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

युवा पलायन रोक्न उद्यमशिलता जरुरी : मन्त्री भण्डारी

२०८१ असार १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा पलायन रोक्न उद्यमशिलताको विकासमा जोड दिनुभएको छ । नेपाली कांग्रेसको उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागको आज मन्त्रालयमा ज्ञापनपत्र बुझ्दै उहाँले उद्यमशिलताको विकासले युवा पलायन रोक्न सघाउने बताउनुभयो ।

मन्त्री भण्डारीले उद्योग मन्त्रालय उद्यमशिलता विकासमा लागिपरेको बताउनुभयो । उहाँले युवामा देखिएको निराशालाई चिर्न सरकार लागिपरेको बताउनुभयो । “अहिले देखिएको निराशा चिरेर आशा जगाउनु सरकारको प्रमुख धेय हो, यसमा सबैको साथ र सहयोग आवश्यक छ, तपाइँहरुका सुझाव कार्यान्वयन गर्न पहल गर्छु”, मन्त्री भण्डारीले भन्नुभयो ।

मन्त्री भण्डारीलाई नेपाली कांग्रेसको उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागका प्रमुख सीता थपलियासहितको टोलीले नेपाल सरकारको स्टार्टअपका लागि सहुलियत कर्जा उपलब्ध गराउने प्रतिबद्धता अन्तर्गत ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ले कर्जा आवेदकबाट नवीन पद्दतिको अपेक्षा गरेको देखिए पनि त्यस्तो नवीन पद्दतिको मापदण्ड स्पष्ट गरी स्टार्टअप नीति र सम्बन्धित कार्यविधि परिमार्जन गर्नुपर्ने लगायतका माग राखेर १७ बुँदे मागपत्र बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

गुरुङ सम्पदा पदमार्ग घोषणा

प्रधानमन्त्री ओली विमानस्थलमा

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

मुख्यमन्त्री आचार्यः विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीसम्म

संक्रमणकालीन न्यायसम्बन्धि विधेयक: कार्यदलले आज टुङ्गो लगाउदै

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री आचार्यले लिए शपथ

ढुक्क भएर लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन आग्रह

सहज स्तरोन्नतिका लागि इजिप्टले सघाउने

‘न्यूनतम महसुल तिर्न नसकी लाइन काटिएका जनताका बारेमा पनि छलफल गरौँ ’

निर्माण व्यवसायीका जायज मागप्रति सरकार सकारात्मक: सहरी विकास मन्त्री