सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत

२०८१ असार १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दमक नगरपालिकाले शैक्षिक सत्र २०८० मा उत्कृष्ट कार्यसम्पादन र शैक्षिक सुधार गरेको भन्दै एक विद्यालय र एकजना शिक्षकलाई पुरस्कृत गरेको छ ।

नगरपालिकाले कार्यसम्पादन मूल्याङ्कनका आधारमा सामुदायिक विद्यालयको मापदण्ड तथा शैक्षिक सुधारसम्बन्धी सूचकलाई पालना गर्ने एक विद्यालय र एकजना शिक्षकलाई नगदसहित पुरस्कृत गरेको हो ।

नगरले तोकेका मापदण्डको पालना गर्दै शैक्षिक सुधारमा योगदान पु¥याउने दमक–३ स्थित ढुकुरपानी माविलाई रु एक लाख र दमक–१० स्थित सिंहदेवी माविका शिक्षक घनश्याम अधिकारीलाई रु २५ हजारसहित पुरस्कृत गरिएको नगरप्रमुख रामकुमार थापाले जानकारी दिनुभयो । उत्कृष्ट विद्यालय र शिक्षकलाई आइतबार एक कार्यक्रमबीच उहाँले नगद र प्रमाणपत्रसहित पुरस्कृत गर्नुभयो ।

सो अवसरमा अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजयी विद्यालयलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा दमक–९ को पाणिनी मावि पहिलो, दमक–८ मा को एलाइड बोर्डिङ स्कुल दोस्रो र दमक–१० स्थित सिंहदेवी मावि तेस्रो बनेको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रवीण खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले क्रमशः रु २५ हजार, रु १८ हजार र रु १२ हजार प्रमप्त गरेका छन् ।

शाखाले विगतका वर्षझँै यस वर्ष पनि विद्यालय अध्ययनरत बालबालिकाको बौद्धिक विकास गराउन यस किसिमको प्रतियोगिता आयोजना गरेको खड्काले बताउनुभयो । प्रतियोगितामा नगरभित्र रहेका समुदायिक र संस्थागत गरी ३६ वटा विद्यालयले सहभागिता थियो । कार्यक्रममा नगरभित्रका समुदायिक विद्यालयमा अध्ययनरत ६२ जना विपन्न परिवारका र १३ जना बुहारीलाई छात्रबृत्ति प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

माछापुच्छ्रेका ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानअध्यापक

बाढीले विद्यालय भवनमा क्षति

लोकसेवा तयारीका लागि वस्तुगत प्रश्नोत्तरहरु

समकक्षता प्रमाण मात्र लिदा पुर्वमन्त्रीले घुस दिनुपरेको विषय छानबिन गर्न समिति गठन

सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी

शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ : मन्त्री भट्टराई

पूर्वाञ्चल विश्वविद्यालयमा स्नातक तहमा आईटी कार्यक्रममा भर्ना खुल्यो

स्नातक तहको चौथो वर्षमा मौका परीक्षा दिन पाइने

किताब जात्राको छैटौं संस्करण हुँदै

बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै

‘क्यान्सर’ रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै काठमाडौँ विश्वविद्यालय

मकवानपुरका २ सय ५७ एसईई उत्कृष्ट विद्यार्थी सम्मानित