सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण

२०८१ असार १८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जापानले सोमबार एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) का अनुसार ‘एच–थ्री नम्बर थ्री’ रकेट दक्षिणपश्चिमी जापानी टापुमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट उडेको थियो र करिब १६ मिनेटपछि यसको ‘पे लोड’ लाई लक्षित कक्षमा राखिएको थियो ।

‘एडभान्स्ड ल्यान्ड अब्जर्भेसन स्याटेलाइट (एएलओएस–४) लाई मुख्यतया ज्वालामुखी र भूकम्पीय गतिविधि र अन्य भू–गतिविधिलगायत विपद् प्रतिकार्य र नक्सा निर्माणको लागि पृथ्वी अवलोकन र तथ्याङ्क सङ्कलनको जिम्मा दिइएको छ ।

यसले रक्षा मन्त्रालयले विकास गरेको इन्फ्रारेड सेन्सरको साथ मिसाइल प्रक्षेपणजस्ता सैन्य गतिविधिहरूको निगरानी गर्न पनि सक्षम छ । जाक्साका अध्यक्ष हिरोशी यामाकावाले सोमबारको सफल प्रक्षेपणलाई अन्तरिक्षमा जापानको पहुँच र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सुनिश्चित गर्ने दिशामा ‘पहिलो बृहत कदम’ भएको बताएका छन्।

जाक्साका एचथ्री प्रोजेक्ट म्यानेजर माकोटो अरिटाले यो मिसन लगभग पूर्ण रुपमा सफल भएको बताए। एएलओएस–४ हालको एएलओएस–२ को उत्तराधिकारी हो र यसले धेरै व्यापक क्षेत्र अवलोकन गर्न सक्छ । जापानले तत्कालका लागि दुवै उडानलाई जारी राख्नेछ ।

फेब्रुअरी १७ मा सफल प्रक्षेपणपछि एच–३ प्रणालीको यो तेस्रो प्रक्षेपण थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल अधिकार र सुरक्षा सम्बन्धी हाते पुस्तिका सार्वजनिक, यसरी गर्नुहोस् डाउनलोड

वेबसाइट डिजाइन र युएक्स/युआई सम्बन्धी निःशुल्क अनलाइन तालिम हुँदै, यसरी हुनुहोस् सहभागी

आज नेपाल टेलिकमको रिचार्ज सेवा ७ घण्टाको लागि अवरुद्द हुने

महासंघको विधान कार्यसमितिबाट सर्वसम्मत पारित, अध्यक्ष फेरि प्रत्यक्ष निर्वाचनबाट

देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति

रेड्मी नोट १३ सिरिजमा जुलाई ज्याकपट अफर

अबदेखि काठमाडौंका सबै नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिने

जापान सरकारले अन्ततः बन्द गर्यो फ्लपी डिस्क प्रयोग

भिभो वाई २८ स्मार्टफोन नेपालमा सार्वजनिक, यस्ता छन् फिचर

रियलमीको नार्जो ७० प्रो फाइभ जी र रियलमी १२x फाइभ जी नेपाली बजारमा आउँदै

साउनदेखि सिंहदरबार प्रवेशका लागि ‘इ–गेटपास’

पत्रकार महासंघको चुनाव: हेर्नुहोस् को–को छन् मतदाता (सूचीसहित)