सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सेबोन अध्यक्ष नियुक्तिका सम्बन्धमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

२०८१ असार १८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिको प्रक्रियाका सम्बन्धमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सरकारले अध्यक्ष नियुक्तिका सम्बन्धमा हालसम्म सम्पन्न गरेका छनोटसम्बन्धी सम्पूर्ण प्रक्रियाहरु यही असार १४ गते रद्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको आजको एकल इजलासले उक्त रिटमाथि सुनुवाई गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै यही असार २१ गते दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको अदालतका प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिनुभयो ।

अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले उक्त प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो । सोही नियुक्तिका लागि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने समितिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

सरकारले उक्त प्रक्रिया रद्द गरी पुरानै सदस्यहरु रहने गरी अध्यक्ष नियुक्तिका लागि नयाँ समिति समेत गठन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

मानव बेचबिखनविरुद्ध चेतना जागृत गर्दै बाँकेका महिला

उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट ९० प्रतिशत मुद्दा फछ्यौट

खेम बतासको बुढीपोल्ली र रंगा बिष्ट नेगीको सवाल कृतिमाथि परिचर्चा

यस्तो छ काँग्रेसको मन्त्री छान्ने मापदण्ड

परराष्ट्रसचिव लम्साल र भारतीय प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेट

बन्दीप्रत्यक्षीकरण रिट खारेज: बालिकाको इच्छाको कदर

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

अक्षय कुमारलाई कोरोना संक्रमण

जनतामा आशाको सञ्चार जागृत गर्न नयाँ सत्तासमीकरण : एमाले नेता भट्टराई

उद्धार तथा खोजीमा सेना सक्रिय

सीता दाहालको स्मरणमा बालुवाटारमा श्रद्धाञ्जली कार्यक्रम