सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी विधेयक स्वीकृत

२०८१ असार १८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रस्ताव प्रस्तुत गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकमा लगानी सहजीकरणका लागि आवश्यक व्यवस्था गरिएको बताउनुभयो । दफावार छलफलमा प्राप्त हुने सुझाव विधेयकमा समिटिने बताउँदै उहाँले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, अध्यादेशमार्फत ल्याउनुपर्ने बाध्यात्मक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । मन्त्री भण्डारीले भन्नुभयो, “लगानी सम्मेलनको तयारी गर्नुपर्ने अवस्था भएकाले तत्काल अध्यादेश ल्याउनुपर्ने अवस्था थियो । सरकारी तथा गैरसरकारी निकायसँग पर्याप्त छलफल गरेर त्यसका विविध पक्षहरुमा छलफल गरेर स्वदेशी तथा विदेशी लगानी भित्र्याउनका लागि सरकारले संविधानअनुसार नै अध्यादेश ल्याएको हो ।”

उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरू कृष्णबहादुर रोकाया, तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, सोनामगेल्जेन शेर्पा, सुरेशकुमार आलेमगर, तुलसाकुमारी दाहाल, पदमबहादुर परियारलगायतले धारणा व्यक्त गर्नुभएको थियो ।
राष्ट्रियसभाको अर्काे बैठक यही असार १९ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संसद्को विभिन्न समितिमा १८ सदस्यको नाम हेरफेर

नवगठित सरकारलाई बधाईसँगै जनगुनासा सम्बोधनका लागि ध्यानाकर्षण

एमालेको आरोप- २०७२ देखि उर्जाको जिम्मेवारी लिएर माओवादीले महसुल विवाद समाधान गरेन

५ हजार घुस प्रकरण: मन्त्री र प्रधानमन्त्रीसँग जवाफ माग

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

विधायनसम्बन्धी विधेयक, २०८० सर्वसम्मत स्वीकृत

प्रतिनिधिसभाको संशोधन सर्वसम्मतिले अनुमोदन

विधायन व्यवस्थापन समितिमा सांसद श्रेष्ठ मनोनीत

प्रतिनिधिसभामा पुष्पलालको योगदानबारे चर्चा

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

माधव नेपाललाई ओलीको कटाक्ष: परार बनेको पार्टीले संबिधानको चिन्ता लिनुपर्दैन

विश्वासको मतमाथिको मत बिभाजनको प्रक्रिया शुरु