सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रुकुमपश्चिममा ३९ फरार प्रतिवादी पक्राउ

२०८१ असार १८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुकुमपश्चिम, असार १८ गते। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले पछिल्लो तीन महिनामा ३९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ भने ७९ रोपनी क्षेत्रफलमा लगाइएको अवैध अफिम खेती नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले चैत १४ गतेदेखि असार १४ गतेसम्म २७ जना र मंगलबार मात्र १२ जना गरेर ३९ जना फरार प्रतिवादी पक्राउ गरेको जानकारी दिनुभयो।

उहाँका अनुसार अदालतबाट दोषी ठहर भएर फरार रहेका प्रतिवादीलाई फैसला कार्यान्वयनको क्रममा पक्राउ गरिएको हो।

कर्तव्य ज्यान मुद्दामा पाँच वर्षदेखि फरार रहेकादेखि लिएर बैंकिङ्ग कसुर, जबरजस्ती करणी लगायतका मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ गरेर अदालतमा बुझाइएको डिएसपी पोखरेलले जानकारी दिनुभयो।

जिल्लामा ३१९ जना फरार प्रतिवादी रहेको विवरण अदालतबाट प्राप्त भएकोले अन्यको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो।

त्यसगैरी अनुसन्धानको क्रममा २३ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेम १७ जना पुरुष, दुई जना महिला र चार जना बालक छन्। उहाँका अनुसार तीन महिनाको अवधिमा ७९ रोपनी क्षेत्रफलमा लगाइएको अवैध लागूऔषध (अफिम) नष्ट गरिएको छ। त्यसैगरी दुई नाल अवैध हतियार बरामद गरिएको छ भने २४४ वटा नागरिकता सम्बन्धि मुचुल्का, ४२ वटा नागरिकता थर संशोधनको मुचुल्का बनाइएको छ।

जिल्ला प्रहरी कार्यालयले तीन महिनाको अवधिमा एक हजार ९४९ सवारी साधनलाई कारबाही गरेर १४ लाख ७६ हजार रुपियाँ राजश्व संकलन गरेको छ। त्यसैगरी विपद्का घटनामा ३५० जनाको प्रहरी जनशक्ति परिचालन गरिएको छ भने २८ वटा विपद्का घटनाको मुचुल्का तयार पारिएको छ।

प्रहरीले सचेतनाको पाटोलाई प्राथमिकता दिँदै तीन महिनामा २०३ वटा सचेतनामुलक कार्यक्रम गरेको जनाएको छ। यस कार्यक्रमबाट सात हजार २५८ जना सर्वसाधारण लाभान्वित भएको डिएसपी पोखरेलले जानकारी दिनुभयो।

जिल्लाका सबै सरोकारवाला निकाय, सर्वसाधारण लगायतको समन्वय र सहकार्यबाट प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण र सचेतनाका काम प्रभावकारी रुपमा गरिरहेको डिएसपी पोखरेलले जानकारी दिनुभयो। राजु लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हत्या गरेको अभियोगमा दुई जना पक्राउ

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

जीटीबी अस्पतालमा बिरामीको गोली हानी हत्या

१०२ किलो गाँजासहित तीन जना पक्राउ

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ

डकैतीमा संलग्न फरार अभियुक्त गोली हानी पक्राउ

एक थान कटुवा पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर लागुऔषध कारोबार गर्ने मलेसियन नागरिक पक्राउ

६ किलो कोकिनसहित मलेसियन नागरिक पक्राउ

श्रीमतीको हत्या गरी श्रीमान फरार, धुँईपताल खोज्दै प्रहरी

जनपद प्रहरी पदको लिखित परीक्षा दिँदै गरेका ६ नक्कली परीक्षार्थी पक्राउ

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ