सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

२०८१ असार १८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताउनुभएको छ ।

स्व गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक कार्यक्रममा अध्यक्ष भट्टराईले गिरिजाबाबुले शान्ति प्रक्रियामा दिएको योगदानको सम्मान गर्न शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

“शान्ति प्रक्रियालाई पूर्णता दिने विषयलाई राजनीतिक दलहरुले समान्य रुपमा लिए मुलुकका लागि दुर्भाग्य हुन्छ, शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गर्न दलहरु प्रतिबद्ध भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री भट्टराईले सहमति, सहकार्य र एकताको बलमा शान्ति प्रक्रियाको कामलाई गिरिजाबाबुको नेतृत्वमा सुरु गरिएकाले त्यसलाई पूर्णता दिने विषयमा दलहरु एकठाउँमा उभिनुपर्ने बताउनुभयो ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरुले शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गर्न अगाडि बढ्नुपर्ने बताउनुभयो । “शान्ति प्रक्रियाको काम तत्काल पूरा गर्दामात्रै पीडितले न्याय पाउने र गिरिजाबाबुप्रति उचित सम्मान हुन्छ”, उहाँले भन्नुभयो–“सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा ढिला गर्न हुँदैन ।”

नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउँदै राजनीतिक स्थायित्वको जगमा आर्थिक विकास र समृद्धि ल्याउन सकेमात्रै शान्ति प्रक्रिया साँचो अर्थमा टुङ्गिने बताउनुभयो । सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने कुरा बाँकी रहेकाले सबै राजनीतिक दलहरुको ध्यान सोही कुरामा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड

बिआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी छन्ः परराष्ट्रमन्त्री डा राणा

विमान दुर्घटना हृदयविदारक र अकल्पनीय- प्रधानमन्त्री ओली

बागमती प्रदेश प्रमुख शर्माद्वारा मुख्यमन्त्री लामाको शपथ ग्रहण, आजै मन्त्रिपरिषद् विस्तार

सुशासनको पक्षमा विजेता भएर सरकारबाट बाहिरिएका छौँ : अध्यक्ष दाहाल

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

लुम्बिनी एमाले संसदीय दलको नेताबाट गिरीले दिए राजीनामा

नेकपा एसको केन्द्रीय कमिटी बैठक बिहीबार

लुम्बिनीमा कांग्रेस-एमालेले टुंगाए नयाँ मन्त्रीको नाम, आजै शपथ हुने

बागमतीको मुख्यमन्त्री नियुक्त लामा को हुन् ?

नियमअनुसार नै विद्युत बक्यौता उठाइन्छ : प्रधानमन्त्री

परराष्ट्रमन्त्रीसँग क्यानडाका गैरआवासीय राजदूतको भेट