सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित तीन जना पक्राउ

२०८१ असार १८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ललितपुरको मानभवनस्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित तीन जना पक्राउ परेका छन्। मंगलबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा संस्थाका अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कावा रहेका छन् । उक्त सहकारी संस्थाले १२ सय जना बचतकर्ताको निक्षेप अपचलन गरी हालसम्म ७ करोड १३ लाख ८६ हजार रुपैयाँ ठगी गरेको जाहेरी प्राप्त भएको प्रहरीले जनाएको छ।

यस विषयमा गत वर्षको चैत ७ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको थियो। अनुसन्धानबाट अध्यक्ष सुनिल महर्जन २०६५ सालमा श्री नरसिंह सहकारीको सदस्यको रूपमा ४ वर्ष काम गरेको खुलेको थियो। उनी २०७० सालदेखि हालसम्म श्री सुयोग बहुउद्देश्यीय सहकारीको अध्यक्षको रूपमा कार्यरत रहेका थिए।

मुद्दा दर्ता भएसँगै अध्यक्ष तथा अन्य पदाधिकारीहरू फरार भएका थिए । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बारा, ललितपुर र भक्तपुरको विभिन्न स्थानहरूबाट उनीहरूलाई पक्राउ गरेको हो । तीनै जनालाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हत्या गरेको अभियोगमा दुई जना पक्राउ

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

जीटीबी अस्पतालमा बिरामीको गोली हानी हत्या

१०२ किलो गाँजासहित तीन जना पक्राउ

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ

डकैतीमा संलग्न फरार अभियुक्त गोली हानी पक्राउ

एक थान कटुवा पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर लागुऔषध कारोबार गर्ने मलेसियन नागरिक पक्राउ

६ किलो कोकिनसहित मलेसियन नागरिक पक्राउ

श्रीमतीको हत्या गरी श्रीमान फरार, धुँईपताल खोज्दै प्रहरी

जनपद प्रहरी पदको लिखित परीक्षा दिँदै गरेका ६ नक्कली परीक्षार्थी पक्राउ

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ