सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अवैध लागूऔषध सहित चार जना पक्राउ

२०८१ असार १८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मोरङको  कानेपोखरी गाउँपालिका-५ पुरानो भैसाबारी बस्ने ३२ वर्षीय भक्त बहादुर अधिकारी र उनकै श्रीमती ३० वर्षीया बिमला कार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी चौकी रमाईलोबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १६ मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-६ बस्ने २८ वर्षीय सन्दिप मगर र ३२ वर्षीय सबिन सुब्बा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हत्या गरेको अभियोगमा दुई जना पक्राउ

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

जीटीबी अस्पतालमा बिरामीको गोली हानी हत्या

१०२ किलो गाँजासहित तीन जना पक्राउ

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ

डकैतीमा संलग्न फरार अभियुक्त गोली हानी पक्राउ

एक थान कटुवा पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर लागुऔषध कारोबार गर्ने मलेसियन नागरिक पक्राउ

६ किलो कोकिनसहित मलेसियन नागरिक पक्राउ

श्रीमतीको हत्या गरी श्रीमान फरार, धुँईपताल खोज्दै प्रहरी

जनपद प्रहरी पदको लिखित परीक्षा दिँदै गरेका ६ नक्कली परीक्षार्थी पक्राउ

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ